आइतबारदेखि ठूला मालवाहक सवारी काठमाडौं प्रवेश निषेध « Khabarhub

आइतबारदेखि ठूला मालवाहक सवारी काठमाडौं प्रवेश निषेध


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं अवधिभर काठमाडौं उपत्यकामा १० चक्के तथा त्यो भन्दा ठूला सवारीसाधन प्रवेश निषेध गरिएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै असोज १२ गतेदेखि १८ गतेसम्म १० चक्के सवारी अर्थात् ठूला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको हो ।

विभागले दशैँमा काठमाडौ बाहिर जाने र आउने यात्रुहरुलाई सहज गराउन भन्दै यस्तो निर्णय भएको जनाएको छ ।

त्यस्ता सवारी साधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ । अति आवश्यक खाद्यसामग्री, कपडा, औषधि, तरकारी लगायतका सामग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन् ।

दशैँ, तिहार र छठका लागि उपत्यकाबाट झण्डै २५ लाखको हाराहारीमा मानिसहरु बाहिरिने गर्दछन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : ०५ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता