नेपाल जिम्बावेसँग ५ विकेटले पराजित « Khabarhub

नेपाल जिम्बावेसँग ५ विकेटले पराजित


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुरमा शुक्रबारबाट शुरु भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरीजको पहिलो खेलमा नेपाल पराजित भएको छ । जिम्बावेविरुद्धको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो ।

इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो ।

नेपालले टिमको स्कोर पाँच रन हुँदा पहिलो विकेट गुमाएको थियो । पारस खड्का संग ओपनिङ गर्दै राष्ट्रिय टिममा डेब्यु गरेका इसान पान्डे चार रनमा आउट भए ।

आरिफ शेख आठ र पारस १८ रनमा आउट भएपछि नेपाल दवावमा आएको थियो । कुशल मल्ल मात्र दुइ रनमा मैदान बाहिरिए ।

तर दिपेन्द्रसिंह ऐरी र सन्दिप जोराले पाँचौ विकेटका लागि ३४ रनको साझेदारी गर्दै पारीलाइ अघि बढाए । जोरा १७ र दिपेन्द्र ब्यक्तिगत ४० रन बनाए। सोमपाल कामीले १४ वलमा २५ रन बनाएपछि नेपालले मध्यम स्कोर बनाएको थियो । विनोद भन्डारी एघार रनमा अविजित रहेका थिए ।

१ सय ३३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको जिम्बावेले १८ ओभर एक वलमा पांच विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । उत्कृष्ट सुरुवात गरेको जिम्बावेका सुरुवाती तीन विकेट लिदै संदिप लामिछानेले नेपाललाइ खेलमा फर्काउने आशा देखाए थिए।

रेगिस चाकाभा, टिनोटेन्डा मुटोमबोड्ज्जी र सेन विलियम्सले खाता खोल्न सकेनन् । १९ रन बनाएका ओपनर ब्रायन चारीलाइ दिपेन्द्रले रन आउट गरे ।

टिमचेन मारुमालाइ १२ रनमा पारसले आउट गरेपछि जिम्बाब्वे ६५ रन पांच विकेटको अवस्थामा पुगेको थियो । तर छैटौ विकेटका लागि रायन बर्रल र रिचमन्ड मुटुमबामीले ६९ रनको साझेदारी गरेपछि जिम्बावेले जीत हात पार्यो ।

रायन ४१ र रिचमन्ड ४० रनमा अविजीत रहे । नेपालले शनिबार सिंगापुरसंग खेल्नेछ । खेल नेपाली समयअनुसार सवा पाँच बजेबाट शुरु हुनेछ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ८ : २८ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र