इलाममा डेङ्गुका कारण एक जनाको मृत्यु « Khabarhub

इलाममा डेङ्गुका कारण एक जनाको मृत्यु


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- डेङ्गुका कारण आज इलाममा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आएर इलाम अस्पतालमा भर्ना हुनु भएका उहाँ कलेजो र मिर्गौलामा समस्या भएको भन्दै यही असोज ४ गते नोबेल अस्पतालमा पठाइएको थियो ।

जिल्ला अस्पताल इलाममा डेङ्गुको किट अभाव भएको कारण गणेशको अस्पतालले समयमा रोग पहिचान नगरिदिएकाले मृत्यु भएको परिवारको भनाइ रहेको छ । यता अस्पतालले इलाम नगरपालिकासँग पहिले नै डेङ्गुको किट माग गरे पनि नगरपालिकाले तदारुकाता नदेखाएको जनाइएको छ ।

इलाम अस्पतालमा उपचार गराउन आएकामध्ये पाँच जनालाई डेङ्गु देखिएपछि बिरामीको सोहीअनुसार उपचार भइरहेको छ । इलाममा डेङ्गु फेला परेको यो नै पहिलो पटक हो । जिल्लामा भरपर्दो उपचार गर्ने ठाउँ नहुँदा सामान्य बिरामी पनि उपचार गराउन झापा र भारतका विभिन्न स्थानमा जाने गरेकाले पनि डेङ्गु फेला परेको थिएन ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ९ : २० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना