मलेसियाका विभिन्न जेलमा २ सय ६ नेपाली, फिर्ती केन्द्रमा १ सय ६ ले लिए शरण « Khabarhub

मलेसियाका विभिन्न जेलमा २ सय ६ नेपाली, फिर्ती केन्द्रमा १ सय ६ ले लिए शरण


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका लागि मलेसिया पुगेका २ सय ६ जना नेपाली विभिन्न कारण जेल परेका छन् । भने, रोजगारीका क्रममा मलेसिया पुगि समस्या परेका १ सय ६ जना नेपाली घरफिर्ती केन्द्रमा रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

श्रम अवधि सकिएपनि रोजगारदाता कम्पनीमा शरण लिएर रोजगारी गरिरहेका अथवा व्यवहारजन्य अपराधमा सामेल भएका कारण धेरै नेपाली जेल परेको पाइएको दूतावासले जनाएको छ ।

पछिल्लो समय दूतावासले मलेसियाका विभिन्न जेलमा पुगेर कैदी जीवन बिताइरहेका नेपाली कामदारको तंथ्याक संकलन गरेको थियो ।

जसमा २ सय ६ जना जलेमा र १ सय ६ जना नेपाली घरफिर्ती केन्द्रमा रहेको दूतावासले जानकारी दिएको छ । जेल परेका नेपालमध्ये धेरै श्रमअवधि सकिएपनि स्वदेश नफर्की काम गरेर बस्दा प्रहरीका फन्दामा पर्ने गरेको दूतावासले जनाएको छ ।

मलेसिया रोजगारीका लागि आएका धेरै नेपाली श्रम अवधि सकिएपनि रोजगारदाता कम्पनीमा शरण लिएर काम गर्दा प्रहरीका फन्दा पर्ने गरेको क्वालालम्पुरस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खेरलले बताए ।

‘नेपालबाट रोजगारीका लागि मलेसिया आएपछि कम्पनी परिवर्तन, कम्पनी छाडेर भागेर काम गर्न, श्रम अवधि सकिएपनि स्वदेश नफर्कि लुकेर काम गर्न र अन्य अवैध क्रियाकलापमा संलग्न भएका कारण नेपाली जेल पर्ने गरेका छन् ’ उनले भने, ‘कतिपय नेपाली चोरी, लागुऔषध कोरोबार, अपहरण, जुवातास जस्ता गम्भीर मद्दामा जेल पुगेका छन् ।’

म्यानपावरमार्फत मलेसिया गएका धेरै नेपाली एउटा काम भनेर अर्कोको काममा परेपछि गैरकानूनी रुपले बसेर काम गर्न गरेका छन् । यस्ता कामदारलाई कतिपय रोजगारदाताले नै श्रम शोषण गर्न र प्रहरीलाई सूचना दिएर पक्राउने समेत गरेका धेरै घटना भएको दूतावासले जानकारी दिएको छ ।

हाल, मलेसियामा ४ लाख नेपाली कामदार कार्यरत रहेको सरकारी अनुमान छ । भने, मलेसियामा अवैध रुपमा करिब १ लाख नेपाली कामदारले काम गरिरहेको हुनसक्ने अनुमान दूतावासले गरेको छ । गत जेठ महिना आर्थिक भार थप्र्दै आएका सस्था बन्द गरेपछि मलेसियाको रोजगारी बन्द भएको छ ।

सरकारीस्तरमा गत कात्र्तिक १२ गते श्रम सम्र्झौता भएपनि मलेसियाको रोजगारी खुलेको छैन । बन्द हुनुअघि मासिक १० हजार नेपाली रोजगारीका लागि श्रम स्वीकृति लिएर मलेसिया पुग्ने गरेको वैदेशिक रोजगार विभागका तंथ्याकमा छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ९ : ०० बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र