छिमेकमा तनाव, युद्धको आशंका « Khabarhub

छिमेकमा तनाव, युद्धको आशंका


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कास्मिरको पुलवामा ४४ सुरक्षाकर्मी मारिएको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानमा बम वर्षा गराएको दाबी गरेको नयाँ पत्रिकामा खबर छ । यो घटनापछि भारतमा देशभर उत्सव मनाइएको छ ।

भारतीय वायुसेनाको प्रशंसा गरिएको छ । अनि सत्तापक्ष र प्रतिपक्षको एउटै स्वर छ । उनीहरु सडकमा राष्ट्रगान बजाउँदै नाचेका छन् । तर, पाकिस्तानले भारतीय वायुसेनाले जंगलमा बम विस्फोट गराएको दाबी गरेको छ । जंगलमा रुखलाई लक्षित गर्दै गरिएको विस्फोट भारतीय वायुसेनाले गराएको भन्दै पाकिस्तानले विचरा रुख आतंवादी होइनन भन्ने टिप्पणी गरेको छ ।

पौडेल र सिटौलाको चेतावनीपछि अनुशासन समिति गठन गर्न देउवा हच्किए शीर्षकको अर्को समाचारमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले बहिस्कार गरेपछि बैठक स्थगित भएको हो ।

सभापति शेरबहादुर देउवाले आफूहरुको सहमति बिना अनुशासन समिति गठन गर्न खोजेको भन्दै कांग्रेस नेताहरु विभाजित भएका थिए ।

त्यस्तै ६ माघमा संवैधानिक आयोगको अध्यक्षमा सिफारिस गरिएका समिम मियाँ अन्सारी १३ फागुनसम्म पार्टीकै केन्द्रीय सदस्य रहेको, १० फागुनको नेकपा सचिवालय बैठकले मियाँलाई नेकपा केन्द्रीय सदस्य र प्रतिनिधिसभा समानुपातिकको बन्दसूचीबाट नाम हटाउन पत्राचार गरेको थियो ।

संवैधानिक आयोगको अध्यक्षमा सिफारिस भएको एक महिना सात दिनपछि मात्र अन्सारीको पार्टी सदस्यबाट मुक्त हुने प्रक्रिया चलेको छ । संवैधानिक आयोगमा सिफारिस हुने कुनै पनि व्यक्ति पार्टीको सदस्य वा उम्मेद्वार हुन नहुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : ५७ बजे

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का

ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला

मलेखु– यहाँको नीलकण्ठ नगरपालिका–८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन

त्रिविको दीक्षान्त समारोह, सोह्र हजार विद्यार्थी दीक्षित (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा आज १६ हजार ३००