छिमेकमा तनाव, युद्धको आशंका « Khabarhub

छिमेकमा तनाव, युद्धको आशंका


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कास्मिरको पुलवामा ४४ सुरक्षाकर्मी मारिएको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानमा बम वर्षा गराएको दाबी गरेको नयाँ पत्रिकामा खबर छ । यो घटनापछि भारतमा देशभर उत्सव मनाइएको छ ।

भारतीय वायुसेनाको प्रशंसा गरिएको छ । अनि सत्तापक्ष र प्रतिपक्षको एउटै स्वर छ । उनीहरु सडकमा राष्ट्रगान बजाउँदै नाचेका छन् । तर, पाकिस्तानले भारतीय वायुसेनाले जंगलमा बम विस्फोट गराएको दाबी गरेको छ । जंगलमा रुखलाई लक्षित गर्दै गरिएको विस्फोट भारतीय वायुसेनाले गराएको भन्दै पाकिस्तानले विचरा रुख आतंवादी होइनन भन्ने टिप्पणी गरेको छ ।

पौडेल र सिटौलाको चेतावनीपछि अनुशासन समिति गठन गर्न देउवा हच्किए शीर्षकको अर्को समाचारमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले बहिस्कार गरेपछि बैठक स्थगित भएको हो ।

सभापति शेरबहादुर देउवाले आफूहरुको सहमति बिना अनुशासन समिति गठन गर्न खोजेको भन्दै कांग्रेस नेताहरु विभाजित भएका थिए ।

त्यस्तै ६ माघमा संवैधानिक आयोगको अध्यक्षमा सिफारिस गरिएका समिम मियाँ अन्सारी १३ फागुनसम्म पार्टीकै केन्द्रीय सदस्य रहेको, १० फागुनको नेकपा सचिवालय बैठकले मियाँलाई नेकपा केन्द्रीय सदस्य र प्रतिनिधिसभा समानुपातिकको बन्दसूचीबाट नाम हटाउन पत्राचार गरेको थियो ।

संवैधानिक आयोगको अध्यक्षमा सिफारिस भएको एक महिना सात दिनपछि मात्र अन्सारीको पार्टी सदस्यबाट मुक्त हुने प्रक्रिया चलेको छ । संवैधानिक आयोगमा सिफारिस हुने कुनै पनि व्यक्ति पार्टीको सदस्य वा उम्मेद्वार हुन नहुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : ५७ बजे

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र