पञ्चेश्वरको ‘डिपिआर’ बनाउन विज्ञहरुको बैठक आज बस्दै « Khabarhub

पञ्चेश्वरको ‘डिपिआर’ बनाउन विज्ञहरुको बैठक आज बस्दै


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पञ्चेश्वर बहुद्देशीय आयोजनाको विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार पार्न नेपाल भारतका विज्ञहरुको तेस्रो बैठक आज(बुधबार)देखि काठमाडौंमा शुरु हुँदैछ ।

बैठकमा नेपालका तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइ सचिव नेतृत्वको टोली सहभागि हुनेछ । २ दिनसम्म चल्ने बैठकले पञ्चेश्वर बहुद्देशीय आयोजनाको डिपिआरलाई अन्तिम रुपम दिने विषयमा छलफल केन्द्रित हुने उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव माधव बेल्बासेले जानकारी दिए ।

सहसचिव बेल्बासेका अनुसार यसअघि २ बैठक सम्पन्न भइसकेका छन् । आजबाट शुरु हुने बैठकले डिपिआरलाई अन्तिम रुप दिन नेपाल र भारतबीच सहमति हुन नसकेका १ सय ३० विषयलाई टुंग्याउने कोशिस गर्ने उनले बताए ।

लामो समयसम्मको छलफलबाट पञ्चेश्वर आयोजना सञ्चालन नेपाल र भारत दुवै देशका अधिकारी सहमत भएको तथा यो विषय पटकपटक संसदमा पनि उठेको भएकाले नेपालका पक्षमा नै आयोजना सञ्चालन हुनेमा आफू विश्वस्त रहेको बेल्बासेले बताए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (मंगलबार) उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, उर्जामन्त्रालयका सचिव तथा अन्य कर्मचारीलाई बोलाएर पञ्चेश्वरको डिपिआर नेपालीलाई हीत हुने पक्षमा बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले विज्ञहरुसँगको छलफलमा नेपालका तर्फबाट खुलेर कुरा राख्न आग्रह गर्दै नेपालको हीतलाई ध्यानमा राखेर डिपिआर निर्माणको काममा सहभागि हुन निर्देशन दिएको छलफलमा सहभागि सहसचिव बेल्बासेले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले नेपालको दोधारा चाँदनी सिँचाईका लागि भारतले १० घनमिटर प्रतिसेकेण्ड अर्थात् ३ सय ५० क्यूसेक पानी उपलब्धध गराउने सहमति जनाएकोमा त्यसलाई यथासम्भव छिटो कार्यान्वयन गराउन पहल गर्न पनि निर्देशन दिएका छन् ।
२ देशका विज्ञहरुको बैठक बिहीबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : १० बजे

सुस्तामा तटबन्ध निर्माणको अवस्था (तस्बिर)

नवलपरासी– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि

लिरिकल्ली फितलो बन्दै लाहुरे

काठमाडौँ – व्यवसायिकरुपमा सफल सर्वाधिक सफल हिपहप आर्टिस्ट हुन्– आशिष

दिल्ली पुगेका रवि लामिछानेले आज शीर्ष नेतालाई भेट्दै

काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा

भालुको आक्रमणबाट आठ भेडा मरे

जुम्ला– जुम्लामाा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् । गुठीचौर

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । शिक्षा तथा खेलकुदमन्त्री