लिरिकल्ली फितलो बन्दै लाहुरे « Khabarhub

लिरिकल्ली फितलो बन्दै लाहुरे


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – व्यवसायिकरुपमा सफल सर्वाधिक सफल हिपहप आर्टिस्ट हुन्– आशिष राना उर्फ ‘लाहुरे’ ।

लाहुरे व्यवसायिकरुपमा सर्वाधिक सफल नेपाली हिपहप आर्टिस्ट हुन् । उनी यम बुद्ध होस्ट रहेको र्‍याप ब्याटल ‘रअ बार्ज’बाट चर्चामा आएका कलाकार हुन् । उनी आइकोनिक ब्याटल र्‍यापरसमेत हुन् ।

रअ बार्जमा सन् २०१३ मा र्‍यापर युनिक पोइटसँगको ब्याटलले उनलाई मुलधारको कलाकारितामा ल्यायो । ‘केस नम्बर ४२०’ र्‍यापका कारण उनी सन् २०१४ को इन्टरनेटमा सर्वाधिक खोजी भएका र्‍यापर बने ।

त्यही रअबार्जको चर्चाले उनीले फिल्मको नायकसमेत बने । तर बक्स अफिसमा उनको फिल्म ‘ताण्डव’ले ताण्डव भने गर्न सकेन ।

लाहुरे रियालिटी शो ‘रोडिज’को ग्याङ लिडर पनि हुन् । अन्य विधामा यसरी फैलिने उनी एक मात्रै हिपहप कलाकार हुन् ।

लाहुरेले बढी चर्चा कमाएको गीत ‘केस नम्बर ४२०’ हो । जुन गीतमा उनले अश्लील शब्दहरू प्रयोग गरेका छन् । सोहीकारण नेपाली र्‍यापमा अश्लील शब्दको प्रयोगलाई बढवा दिएको आरोप उनलाई लाग्छ । त्यसअघि अश्लील शब्द प्रयोग भएका गीत ‘केस नम्बर ४२०’को तहमा टिह थिएनन् । त्यसपछि भने अश्लील शब्द प्रयोग समान्य र ट्रेन्डका रुपमा भेटिन थालेको छ ।

लागूऔषधले रहस्यमयी

लाहुरे ‘रअ बार्ज’बाट चर्चामा आएपछि मिडिया एकदमै न्यून र चयन गरेर मात्रै स्टेज शोमा देखिने गरेका थिए ।

सोहीकारण लाहुरेबारे एक बेला भाष्य थियो, ‘एकदमै महँगो कलाकार ।’ यसको रहस्य लागूऔषधसँग जोडिएको छ ।

उनी गृह सहर पोखरामै बसेर कलाकारितामा सक्रिय छन् । लागूऔषधको प्रबन्ध नमिल्ने भएकाले पोखरा बाहिरका कार्यक्रममा जान निकै आफूले निकै सोच्ने उनी आफैँले खुलाए ।

उनले भनेका छन्, ‘लागु औषध नमिल्ने र मैले यो कुरा मिलाइदेउ भन्न नसक्ने आयोजकसँग शो नै गर्दिनँ थिएँ ।’

०७८ मा लागूऔषध किन्न जाँदा प्रहरीले समातेपछि उनी हिरासतमा पुगे । त्यसबाट बाहिर आएर लागूऔषधविरुद्धको अभियन्ता बनेपछि उनले यो कुरा सेयर गरेका हुन् ।

कयौँ पटक पोखरामै रिहाब जाने–आउने क्रमले सार्वजनिक उपस्थिति कम भएको उनी बताउँछन् ।

भन्छन्, ‘सबै चिनेको हुने । आउने जाने पत्तै नहुने । रिहाब गयो मन लागे निस्कियो । धेरै पटक यस्तो भयो ।’

पछिल्लो समय मृत्युको मुखकै अवस्थामा आफूलाई लागूऔषधले पुर्‍याएकाे उनले सेयर गरेका छन् ।

कमब्याक

लाहुरेले ‘रअ बार्ज’को चर्चामा पछि एक एल्बम ‘चुप लाग’ सार्वजनिक गरे । ९ वर्षअघि सार्वजनिक उक्त एल्बम हिट भयो । त्यसबेला हिट र्‍याप गीतको मानक १० लाख भ्युज मान्ने गरिन्थ्यो । एल्बमका सबै गीतले उक्त बिन्दू पार गरेका थिए ।

एल्मब निस्किएको चार वर्ष लाहुरे दर्शकलाई गीत दिन नसकेनन् । फ्यानहरूले लाहुरे हराएको भन्दै कटाक्षसमेत गर्न थाले । मञ्च र रियालिटी शोमा भने उनी देखिन्थे ।

०८७ मा लागूऔषध कारोबारमा प्रहरीको फन्दामा परेपछि लाहुरेले कम ब्याक गरे । उनले ‘बिरामी’ शीर्षकको गीत निकाले । यो गीतलाई युट्युबमा एक करोड पटक हेरिएको छ । यस गीतमा लाहुरेले आफ्नै कुलत यात्राका शब्द कारेका छन् ।

तथापि, यो गीतले लाहुरेलाई उत्कृष्ट कमब्याक गरायो । लागूऔषधमा पक्राउ परेर धमिलिएको छवि पनि उनले केही हदसम्म सुधारे । त्यस यता उनी अन्तर्वार्ताहरू बाक्लै रुपमा दिन लागेका छन् ।

कमसल लाहुरे

लाहुरे एकदमै क्वान्टिटीभन्दा क्वालिटी र्‍याप दिने र्‍यापरमा पर्छन् । उनको यही खुबीले उनले लामो समय नयाँ गीत नदिँदा पनि दर्शकसँग उनको दूरी बढेन ।

लाहुरे भोकल र लिरिक्स दुवैमा दख्खल भएका र्‍यापर भएकाले दर्शकलाई प्रभावित पार्न सके र चमत्कारिक सफलता हात परे ।

उनले बनाएका ब्रान्डका प्रमोसन गीतसमेत दर्शकको लागि प्रिय हुने गरेको उदाहरण छ ।

लाहुरे एन्टरनेटको सुरुवाती युगका कलाकार हुन् । सन् २०१३–१८ उनको प्राइम टाइम हो । जसबेला इन्टरनेटको पहुँच अहिलको जस्तो सहज थिएन ।

सोहीकारण त्यो समयमा पनि सार्वजनिक गीतहरूले हिटको मानक मानिने भ्युज पाएका छन् । १२ वर्ष अघि सार्वजनिक गीत अर्थात् लाहुरे प्राइममा रहँदाको सबैभन्दा हिट गीत ‘सोल्टा’ले २ करोड भ्युज पाएको छ ।

पछिल्लो तीन वर्षमा उनले पाँच गीत निकालेका छन् । जसमा तीनमा सोलो छन् भने दुईमा कोल्याब छन् ।

भ्युजका हिसाबले अहिलेको सन्दर्भमा यी तीनै गीत फ्लप हुन् । अहिलेले उदयीमान र्‍यापर जेम्सीसँगको कोल्याब गीत ‘वी पोखरा’ले मात्रै तीन मिलियन भ्युज पाएको छ ।

उनका सोलो प्रत्येक गीतले तीन वर्षको अवधिमा मात्रै १० लाख मात्रै भ्युज पाएका छन् । जुन अहिलका लागि सामान्य हो ।
कमेन्ट बक्समा लोयल फ्यानहरू १० लाख भ्युजका लागि प्राथना गरिरहेका छन् । एक फ्यानले लेखेका छन्, ‘लाहुरेको यो गीतले १ मिलियन भ्युज कहिले पाउला भनेर प्रतीक्षा गरिरहेको छु ।’

भ्युज खस्किनुको कारण उनको गीत सुन्दा प्रष्ट हुन्छ । भोकलमा दख्खल भएका लाहुरे अहिले बढी अटोट्युनको सहज उपायमा लिप्त छन् ।

अर्को उनी लिरिक्समै मिहिनेत गर्न छाडेको पाइन्छ । उनका लिरिक्स नै कमजोर छ, बेबी र्‍याइम बढी समेटिएका छन् । भोकल र लिरिक्समा दख्लल राख्ने भनेर चर्चामा आएका उनी यसैमा चुकेका छन् । दर्शकले यही कुराको माग गरेका छन् ।

कमेन्ट बक्समै फ्यानहरू पहिलाको जस्तो दमदार गीत ल्याउन लाहुरेलाई आग्रह गरिरहेका छन् ।

उनको गीत ‘सोडसाइड रोमियो’मा एक फ्यानले कमेन्ट छोडेका छन्, ‘पहिलो जस्तो कडा लागेन । कडा ल्याउनुप¥यो दाइ ।’
केहीले लाहुरेलाई ‘रअ बार्ज’ समय कालखण्डमा जस्ता गीत ल्याउन अग्रह गरिरहेका छन् ।

अर्थात्, लाहुरे लिरिक्कली खस्किएको उनको कमेन्ट बक्स र भ्युजले प्रष्ट पारेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ९ : ४२ बजे

शिक्षा शुल्कमा लगाइएको कर, अभिभावकमाथि अत्याचार

आर्थिक वर्ष २०८३/८४ को बजेटले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ

भोजपुर तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउन तालिम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम

विश्वकप २०२६: समूह ‘जे’ मा अर्जेन्टिना बलियो, मेसीसामु इतिहास रच्ने अवसर

काठमाडौँ – लियोनेल मेसी र अर्जेन्टिना लगातार विश्वकप उपाधि रक्षा

सुस्तामा तटबन्ध निर्माणको अवस्था (तस्बिर)

नवलपरासी– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि