हिमपातले पीडित बन्दै मनाङे : मर्नथाले चौँरी « Khabarhub

हिमपातले पीडित बन्दै मनाङे : मर्नथाले चौँरी


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- महिनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन् ।

जिल्लामा रहेका चौँरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मरेका हुन् । जिल्लाभरि करीब १ हजार ५ सयदेखि दुई हजार सङ्ख्यामा रहेका चौँरी के–कति कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्याङ्क भने आएको छैन । कति जिउँदै बेपत्ता छन् भने केही मरेको भेटिन थालेका छन् । जिल्लाको माथिल्लो भेगमा रहेका चौँरीको त कहाँ कस्तो अवस्थामा छ भन्ने अत्तोपत्तो छैन ।

तल्लो भेगका चामे गाउँपालिका र नासों गाउँपालिकामा ४ सय जति चौँरी बेपत्ता भएको र ६० भन्दा बढी मरेको चौँरीपालक सुरेश थकालीले बताए । उहाँका अनुसार नासों गाउँपालिकामा रहेको नाचेगाउँका बलबहादुर गुरुङ र काशीराम गुरुङको गोठबाट २ सय चौँरी हराएका छन् । तिनीहरुको खोजीकार्य जारी छ । त्यस्तै तिमाङको वनमा रहेको पासाङ लामाको ३५ चौँरी तथा तिल्चेको लेकबाट ङिमाओङ्गेल पुनेल र धर्मजङ गुरुङको ६० चौँरीको अवस्था अज्ञात रहेको थकालीले बताए ।

‘एउटा चौँरीको मूल्य १ लाख २० हजारभन्दा बढी मूल्य पर्दछ, यतिका धेरै चौँरी हराउँदा या मर्दा जो कसैले मन थाम्न सक्ला र ? केही गरौँला भनी पुख्यौली पेशा अँगालेका हौं, खै दैव लागेपछि कसको के लाग्दोरहेछ ?’ स्थानीय धनबहादुर गुरुङले भने , ‘पाँच त आँखा अगाडि नै मरे भने अरु जिउँदैछन् कि मरिसके केही अत्तोपत्तो छैन । हिमपातले न खोज्न जान सकिएको छ न त चौँरी फर्किएर गोठमा आएका छन् ।’

चौँरीपालक किसानका अनुसार हिमपातले करोडौँभन्दा बढी नोक्सान पुर्‍याएको छ । हराएका चौँरीको नामोनिसान भेट्टाउन सकिएको छैन । ‘हिउँले पुरिएर बसेका छन् कि कतै भीरमा खसे केही अत्तोपत्तो भएन’, अर्का चौँरीपालक धर्मजङ गुरुङले भने, ‘खोज्नका लागि पनि दिनदिनै जस्तो हिमपात भइरहेको छ । हिँड्डुल गर्न नै गाह्रो छ । कसरी जाने ?’ उनका अनुसार जिउँदै भए पनि यतिका दिनसम्म भोकभोकै मरिसके होलान् ।

तल्लो मनाङका ताल, नाचे, तिल्चे, ओढार र तिमाङलगायतका ठाउँमा मात्रै ४ सय चौँरी हराएका तथा तथा मरेको तथ्याङ्क किसानहरुको छ । माथिल्लो भेगमा त झन् कस्तो छ थाहा छैन । हिउँ पर्न रोकिएपछि मात्र यकिन तथ्याङ्क आउने चौँरीपालक सुरेश थकालीले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १० : १३ बजे

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने