१९७४ एडीको गीत: देवी देउताको शहरमा राक्षसहरुको राज (भिडियो) « Khabarhub

१९७४ एडीको गीत: देवी देउताको शहरमा राक्षसहरुको राज (भिडियो)


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कथालाई लिएर तयार पारिएको ‘द म्यान फ्रम काठमाडौं’ को गीत सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा फिल्ममा समावेश कथा झल्किन्छ ।

‘काठमाडौं’ बोलको गीतमा १९७४ एडी ब्याण्डको प्रस्तुति देख्न सकिन्छ । रोहितजंग क्षेत्रीको स्वर रहेको यो गीतमा मनोज कुमार केसीको गितार, किबोर्ड र पार्श्वस्वर छ भने सञ्जय श्रेष्ठले ड्रममा साथ दिएका छन् ।

गीतको लिरिक्स र कम्पोजिसन रोहितजंग क्षेत्रीले गरेका हुन् भने मनोज कुमार केसीले उत्पादन गरेका हुन् ।

फिल्मको कुरा गर्नुपर्दा ‘द म्यान फ्रम काठमाडौं’ मा नेपाली तथा विदेशी कलाकारले अभिनय गरेका छन् । यो फिल्म नेपालमा मात्र नभएर हलिउडमा समेत अङ्ग्रेजी भर्सनमा रिलिज हुनेछ ।

फिल्ममा हलिउडका कलाकार जोयश म्यानुअलले शीर्ष भूमिका निभाएका छन् । यो फिल्मलाई पेमा दोण्डुप र नकिम उदिनले निर्माण गरेका हुन् भने पेमा दोण्डुपले निर्देशन गरेका हुन् ।

यस्तै फिल्ममा आना शर्मा, गुल्सन ग्रोबर, हमीद शैख, शिशिर वाङ्देल, आमिर गौतम, नीर शाह, विकाश गुरुङ, कर्मा शाक्य, वविता मानन्धर, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ ।

फिल्म आउँदो चैत १ गते अर्थात् मार्च १५ देखि रिलिज हुँदैछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १० : ३४ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन