काठमाडौं– आईसीसी महिला ट्वान्टी–२० विश्वक क्रिकेटअन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपाल कुवेतसँग ३० रनले विजयी भएको छ ।
पहिले ब्याटिङ गरेको नेपालले कुवेतसामू १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिङका लागि मैदान उत्रिएको कुवेतले २० ओभर खेलेर ९ विकेट गुमाउँदै ८६ रन मात्रै बनाउ सक्यो ।
नेपालको जीतका कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले ३–३ विकेट लिइन् । यस्तै नेरी थापा र करुणा कुँवरले समान १–१ विकेट लिइन् ।
कुवेतका लागि मरियम ओमरले २९ रन बनाइन् भने प्रियादा मुरलीले १४ रन बनाइन् । यस्तै, सब्रिन जक्री र मारमा हैदरले समान १२–१२ रन बनाइन् ।
प्रतिक्रिया