शिल्पा मास्के भन्छिन् – अफर त आउँछन् तर टिम हेरेर फिल्ममा काम गर्छु « Khabarhub

शिल्पा मास्के भन्छिन् – अफर त आउँछन् तर टिम हेरेर फिल्ममा काम गर्छु


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यही शुक्रवार अर्थात् फागुन १७ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ब्रेकअप’ मा आशिरमान देशराज जोशीको जोडी बनेर देखिँदैछिन्, नायिका शिल्पा मास्के ।

हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’ मा सानो भूमिकामा देखिएर पनि प्रशस्त चर्चा कमाएकी मास्केको पहिलो फिल्म त रिलिज भएको छैन तर निर्देशक हेमराज बिसीको सिफारिसका आधारमा अरु फिल्ममा पनि काम गरिरहेकी छिन् उनले । लगत्तै रिलिज हुने फिल्म ‘कागजपत्र’ मा पनि मास्केलाई देख्न सकिनेछ ।

‘ब्रेकअप’ मा लभरको भूमिकामा देखिएकी शिल्पालाई नेपाली फिल्म क्षेत्रमा उदाउँदो नायिकाका रुपमा पनि हेर्ने गरिएको छ । यसकारण पनि यो फिल्म शिल्पाका लागि महत्त्वपूर्ण छ । उसो त शिल्पालाई रिलिज नहुँदै धेरै फिल्म खेलेको भनेर पनि आरोपसमेत लागेको छ । नायिका मास्के भने आफूले करिअरको उत्तिकै ख्याल गरेको बताउँछिन् ।

फिल्मको एक दृश्यमा शिल्पा मास्के

शिल्पालाई सोधियो, ‘नेपालमा कमै महिला कलाकारले मात्र स्टारडम बनाउनुभएको छ, तपाईं त फिल्म रिलिज नहुँदै अर्को फिल्ममा पनि देखिनुभएको छ, यसरी फिल्म खेल्दा करिअरमा असर पर्छ, स्टारडम गुम्छ भन्ने लाग्दैन ?’

प्रश्नको उत्तरमा शिल्पाले थोरै मुस्कुराएर भनिन्, ‘धेरै फिल्म खेल्दा करिअरलाई असर गर्छ भन्ने लाग्छ, अर्को कुरा स्टारडम अडियन्सले बनाइदिने हो, मैले सकभर राम्रा फिल्म छानेर फिल्म गर्ने सोचमा छु ।’

मास्केले फिल्म रिलिज नहुँदै अहिले पनि दश/पन्ध्रवटा फिल्मको अफर आइरहेको बताइन् । ‘मैले अहिलेसम्म जम्मा तीन फिल्म साइन गरेकी छु, अहिले पनि स्किृप्ट नआउने हैन, आउँछ तर म निर्माण टिम, स्किृप्ट र को–एक्टर हेरेर फिल्म छान्छु,’ शिल्पाले अगाडि थपिन्, ‘मलाई स्किृप्टमा सधै क्यारेक्टरको लोभ हुन्छ, ती क्यारेक्टरलाई फिल्ममा अझै कसरी राम्रोसँग उतार्ने भन्ने हुन्छ ।’

हेमराज बिसीले निर्देशन गरेको फिल्म ‘ब्रेकअप’ मा आशिरमान र शिल्पाका अलावा रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै फिल्ममा कथा तथा स्किृप्ट निर्देशक बिसीकै रहेको छ भने नरेन्द्र मैनालीको छायांकन छ ।

फिल्ममा रुपक थापा, दीपक खतिवडा, रेनु राना र हेमराज बिसीको लगानी रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : ०६ बजे

म्यानपावर व्यवसायी आन्दोलित, आजदेखि श्रमिक नपठाउने घोषणा

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक

भदौदेखि पुनः आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं- नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने

मानव-वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन ‘हात्ती सेन्चुरी’ कार्यक्रम : मन्त्री चौधरी

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव वन्यजन्तुबीचको सहअस्तित्व

सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्, आजपनि खोजी जारी

काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

शशांक भन्छन्- देउवा स्वदेश फर्किँदा धरपकड भए विरोध गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर