नेपाल टेलिकमको लापरवाही, बजारमा आधा मात्रै पिन नम्बर भएका रिचार्ज कार्ड « Khabarhub

नेपाल टेलिकमको लापरवाही, बजारमा आधा मात्रै पिन नम्बर भएका रिचार्ज कार्ड


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र बिना सिरियल नम्बरका रिचार्ज भेटिएका हुन् । नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक प्रकाश चौधरीले त्यस्ता कार्ड टेलिकममा बुझाउन आग्रह गरे । उनले भने, “के कति कारणले बजारमा त्यस्ता कार्ड गए, हामी छानबिन गछौँ, हामीलाई बुझाउनुहोस् ।”

बजारमा भेटिएका ती कार्डको कलरसमेत फरक भएको, रिचार्ज गर्ने पिन नम्बर नछोएिको र आधा मात्रै भएको भेटिएको दिपायलका स्थानीय व्यापारी सर्वजित देउवाले बताए । उनले भने, “रिचार्ज कार्डको कलर नै फरक छ, पिन नम्बर पनि आधा मात्रै भएको र नछोपिएको छ ।”

बजारमा अहिले भेटिएका ती रिचार्जकार्ड नक्कली भएको हुनसक्ने कतिपय स्थानीयको आशका रहेको छ । यहाँका रिचार्ज बिक्री वितरण गर्ने डिलरबाट ग्राहकले किनेका त्यस्ता कार्ड धमाधम फिर्ता हुन थालेको किरण इलेक्ट्रोनिकका प्रोपाइटर किरण भण्डारीले बताए ।

डोटीमा रु ५० का रिचार्ज कार्डमा आधा मात्रै पिननम्बर र बिना सिरियलका रिचार्ज कार्ड भेटिएका हुन् । यस्ता कार्ड बजारमा कति छन् भन्ने तथ्याङ्क सङ्कलन गरी कहाँबाट आएका हुन उक्त डिलरलाई सोधपुछ गरिने नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १ : १३ बजे

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै