नेपाल टेलिकमको लापरवाही, बजारमा आधा मात्रै पिन नम्बर भएका रिचार्ज कार्ड « Khabarhub

नेपाल टेलिकमको लापरवाही, बजारमा आधा मात्रै पिन नम्बर भएका रिचार्ज कार्ड


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र बिना सिरियल नम्बरका रिचार्ज भेटिएका हुन् । नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक प्रकाश चौधरीले त्यस्ता कार्ड टेलिकममा बुझाउन आग्रह गरे । उनले भने, “के कति कारणले बजारमा त्यस्ता कार्ड गए, हामी छानबिन गछौँ, हामीलाई बुझाउनुहोस् ।”

बजारमा भेटिएका ती कार्डको कलरसमेत फरक भएको, रिचार्ज गर्ने पिन नम्बर नछोएिको र आधा मात्रै भएको भेटिएको दिपायलका स्थानीय व्यापारी सर्वजित देउवाले बताए । उनले भने, “रिचार्ज कार्डको कलर नै फरक छ, पिन नम्बर पनि आधा मात्रै भएको र नछोपिएको छ ।”

बजारमा अहिले भेटिएका ती रिचार्जकार्ड नक्कली भएको हुनसक्ने कतिपय स्थानीयको आशका रहेको छ । यहाँका रिचार्ज बिक्री वितरण गर्ने डिलरबाट ग्राहकले किनेका त्यस्ता कार्ड धमाधम फिर्ता हुन थालेको किरण इलेक्ट्रोनिकका प्रोपाइटर किरण भण्डारीले बताए ।

डोटीमा रु ५० का रिचार्ज कार्डमा आधा मात्रै पिननम्बर र बिना सिरियलका रिचार्ज कार्ड भेटिएका हुन् । यस्ता कार्ड बजारमा कति छन् भन्ने तथ्याङ्क सङ्कलन गरी कहाँबाट आएका हुन उक्त डिलरलाई सोधपुछ गरिने नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १ : १३ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र