भारत र पाकिस्तानमध्ये को शक्तिशाली ? परमाणु शक्तिमा पाकिस्तान अगाडि, सैन्य क्षमतामा भारत | Khabarhub Khabarhub

भारत र पाकिस्तानमध्ये को शक्तिशाली ? परमाणु शक्तिमा पाकिस्तान अगाडि, सैन्य क्षमतामा भारत


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत र पाकिस्तानबीच युद्धको अवस्था बनेको छ । भारतीय वायुसेनाले लाइन अफ कन्ट्रोल पार गरेर पाकिस्तानी आकाशबाट जैस ए मोहम्मदको प्रमुख तालिम केन्द्र ध्वस्त पारेको र उक्त हमलामा तीन सय ५० भन्दा धेरै आतंकवादी मारिएको दाबी गरेको छ ।

उता पाकिस्तानले भने भारतीय दाबीको खण्डन गरेको छ । तर भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेर पाकिस्तानको सम्प्रुभुताको उल्लंघन गरेको र त्यसको उचित जवाफ दिने बताएको थियो ।

बुधबार विहानबाट भारत र पाकिस्तानबीचको तनाव थप बढेको देखिएको छ ।

आफ्नो क्षेत्रमा आएको भारतीय युद्ध विमानलाई खसालेको र एक जना पाइलटलाई पक्राउ गरेको पाकिस्तानले जनाएको केही मिनेटमै आफूहरुले पनि पाकिस्तानी लडाकू विमानलाई खसालेको दाबी गरेको छ । यद्दपी यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

भारत र पाकिस्तानबीच तनाव बढेसँगै यी देशहरुको सैन्य शक्ति, परमाणु शक्ति र हतियार शक्तिबारे आम रुपमा चासो देखिएको छ । आखिर कति छ त भारत र पाकिस्तानबीच हतियार, सेना, आणविक शक्ति ?

स्थल सेना

इन्टरनेशन इन्स्टिच्युट फर स्टारटेजिक स्टडीजको आकडालाई आधार मान्ने हो भने भारतसँग १४ लाख सैनिक छन् । यसका अलावा भारतसँग ३५६३ युद्ध ट्यांक, ३१०० इन्फेन्ट्री लडाकू वाहन, २२६ वम प्रतिरोधक बख्तरबन्ध गाडी तथा ९७१९ तोप छन् ।

पाकिस्तानको सेनामा ५.६ लाख सैनिक रहेको र पाकिस्तानसँग २४९६ ट्यांक, १६०५ वम प्रतिरोधक बख्तरबन्ध गाडी र ४४७२ तोप छ ।

मिसाइल शक्ति

भारतसँग ९ किसिमका अपरेशनल मिसाइल छन् । जसमा अग्नि ३ पनि पर्छ । भारतसँवग ब्रह्मोस रहेको छ जसलाई पानडुबी, पानीजहाज, विमान या जमीन जहाँबाट पनि छोड्न सकिनेछ ।

सेन्टर फर स्टारटेजिक एण्ड इन्टरनेशनल स्टडिजका अनुसार चीनको मद्दतबाट पाकिस्तानको मिसाइल कार्यक्रममा छोटो र मध्यम दुरीमा मार हान्न सक्ने हतियार रहेको छ । जसमा शाहीन–२ पाकिस्तानको सबैभन्दा रेन्जमा आक्रमण गर्न सक्ने हतियार हो । जसले २ हजार किलोमिटर परसम्म मार हान्न सक्छ ।

वायु सेना

वायु सेनाको कुरा गर्दा पाकिस्तान भन्दा भारत शक्तिशाली देखिएको छ । भारतसँग ८१४ कम्व्याट एयरक्राफ्ट छ । भारतको वायु सेनाको संख्या १२७२००रहेको छ । तर फाइटर जेटको संख्या भने भारतमा कम रहेको छ ।
पाकिस्तानसँग ४२५ कम्व्याट एयरक्राफ्ट छ ।

जलसेना

भारतीय जलसेनासँग एक एयरक्राफ्ट, १६ सबमरिन्स, १३ फ्रिगेट्स, १०६ पेट्रोल तथा कोस्टल कम्बोल जहाज छ । जल सेनासँग ६७,७०० जवानको दस्ता रहेको छ ।
पाकिस्तानसँग केवल ९ फ्रिगेट्स, ८ सबमरिन्स, १७ पेट्रोल तथा कोस्टल जहाज छ ।

परमाणु शक्ति

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार परमाणु शक्तिमा भने भारतभन्दा पाकिस्तान शक्तिशाली देखिएको छ । पाकिस्तानसँग १४० देखि १५० परमाणु बम छ भने भारतसँग १३०–१४० परमाणु बम छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १ : २२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन