‘ट्राफिक एप्स’को मद्दतले कारबाहीमा पर्दैछन् सार्वजनिक बस « Khabarhub

‘ट्राफिक एप्स’को मद्दतले कारबाहीमा पर्दैछन् सार्वजनिक बस


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- लामो दूरीमा दुईजना चालक नराख्ने यात्रुवाहक बसका चालकलाई ‘ट्राफिक कम्युनिकेशन एप्स’ को मद्दतमा प्रहरीले कारवाही शुरु गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको सो एप्सको मद्दतले लामो दूरीमा दुई चालक नराखेको भेटिएका ३५ सार्वजनिक सवारी साधन बसका चालक कारवाहीमा परेको ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लामो दूरीमा दुई सवारी चालक नराख्ने सार्वजनिक यातायातलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक ओम पौडेलले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले गत माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन (बस)मा दुई सवारी चालक राखे/नराखेको जानकारी लिन चप्परगौडीमा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ ।

पौडेलका अनुसार, लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १ : ३१ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको