संसदमा कांग्रेसको प्रश्न– विप्लवलाई हेर्ने सरकारको धारणा के हो ? « Khabarhub

संसदमा कांग्रेसको प्रश्न– विप्लवलाई हेर्ने सरकारको धारणा के हो ?


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले नेपाल कम्युनिष्ट पार्टी (विप्लव)लाई हेर्ने सरकारको आधिकारीक धारणा माग गरेका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले नख्खुस्थित एनसेलको कार्यलयसहित देशभरका २१ स्थानमा विप्लव समूहले वम आतंक मच्चाएपनि सरकार चुप लागेर बसेको आरोप लगाए ।

उनले विप्लवलाई हेर्ने सत्तारुढ दल नेकपा र सरकारको धारणा माग गरे ।

नेपाल सरकार र सत्तारुढ दल नेकपाको विप्लवको पार्टी प्रतिको दृष्किोण केहो ?’ संसदमा प्रश्न गर्दै सांसद देवले भने,‘ विप्लवको पार्टी आतंकवादी पाटी हो कि ? विप्लवको पार्टी एउटा राजनीतिक पार्टी होकी, विप्लवको पार्टी राजनीतिक र कामकारवाही आतंककारी हो कि ? के हो ?’

‘नेकपा र सरकारको विप्लवलाई हेर्ने दृष्टिकोण के हो ?’ देवले प्रश्न गरे ।

यो घटनालाई सतही रुपमा हरियो भने आगामी दिनमा देश ठूलो द्वन्द्वमा फस्ने भनाइ सांसद देवको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  २ : ०५ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ