‘केजीएफ २’ मा बलिउड स्टार्स, सञ्जय दत्तपछि रविना टण्डनको इन्ट्री ? « Khabarhub

‘केजीएफ २’ मा बलिउड स्टार्स, सञ्जय दत्तपछि रविना टण्डनको इन्ट्री ?


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१८ मा रिलिज भएको कन्नड फिल्म ‘केजीएफ’ ले बक्स अफिसमा धूम मच्चायो । नेपालमा पनि फिल्म उत्तिकै रुचाइयो । अभिनेता यशको यो फिल्मले हिन्दी भाषामा रिलिज हुँदा बढी कमाएको थियो ।

पहिलो सिक्वेलको सफलतापछि यसको दोस्रो सिक्वेलमा बलिउडका चर्चित कलाकारलाई लिन निर्माण टिमले रुचि देखाएको छ । पहिले नै खबर आएको थियो कि, यो फिल्मको दोस्रो भागमा सञ्जय दत्तको अहम् भूमिका रहने गरी अप्रोच गरिएको छ । ‘सञ्जु बाबा’ पछि अब यो फिल्ममा रविना टण्डनलाई पनि प्रस्ताव गरिएको खबर आएको छ ।

टाइम्स अफ इन्डियाको एक रिपोर्टले रविनाको पनि महत्त्वपूर्ण भूमिका रहने गरी अप्रोच गरिएको लेखेको छ । यद्यपि सञ्जय दत्त र रविनालाई फिल्ममा लिइएको फिल्म निर्माण टिमको आधिकारिक जानकारी आएको छैन ।

‘केजीएफ’को पहिलो च्याप्टरले ग्लोबल मार्केटमा पनि राम्रो प्रतिक्रिया पाएको छ । फिल्मलाई कन्नडका अलावा हिन्दी, तेलुगू, तमिल र मलयालम भाषामा पनि रिलिज गरिएको थियो ।

यो फिल्मले शाहरुख खानको ‘जिरो’ सँग टक्कर लिएको थियो । जसका कारण शाहरुख खानको फिल्मलाई व्यापारिक नोक्सान भएको थियो । ‘केजीएफ’ ले हिन्दी भाषामा मात्र ४५ करोड कमाइ गरेको थियो ।

यो फिल्मको दोस्रो च्याप्टरको चाहिँ दर्शकमा अहिलेदेखि नै प्रतीक्षा छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ५ : ०० बजे

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जा – स्याङ्जाको विरुवा गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना

फलफूल आयात सहजीकरण गर्न माग

काठमाडौं – नेपाल फलफूल व्यवसायी महासङ्घले गैरभन्सार मार्गबाट हुने अवैध

पर्यटन क्षेत्रमा सुधार आवश्यक छ : पर्यटनमन्त्री पौडेल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन