‘केजीएफ २’ मा बलिउड स्टार्स, सञ्जय दत्तपछि रविना टण्डनको इन्ट्री ? « Khabarhub

‘केजीएफ २’ मा बलिउड स्टार्स, सञ्जय दत्तपछि रविना टण्डनको इन्ट्री ?


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१८ मा रिलिज भएको कन्नड फिल्म ‘केजीएफ’ ले बक्स अफिसमा धूम मच्चायो । नेपालमा पनि फिल्म उत्तिकै रुचाइयो । अभिनेता यशको यो फिल्मले हिन्दी भाषामा रिलिज हुँदा बढी कमाएको थियो ।

पहिलो सिक्वेलको सफलतापछि यसको दोस्रो सिक्वेलमा बलिउडका चर्चित कलाकारलाई लिन निर्माण टिमले रुचि देखाएको छ । पहिले नै खबर आएको थियो कि, यो फिल्मको दोस्रो भागमा सञ्जय दत्तको अहम् भूमिका रहने गरी अप्रोच गरिएको छ । ‘सञ्जु बाबा’ पछि अब यो फिल्ममा रविना टण्डनलाई पनि प्रस्ताव गरिएको खबर आएको छ ।

टाइम्स अफ इन्डियाको एक रिपोर्टले रविनाको पनि महत्त्वपूर्ण भूमिका रहने गरी अप्रोच गरिएको लेखेको छ । यद्यपि सञ्जय दत्त र रविनालाई फिल्ममा लिइएको फिल्म निर्माण टिमको आधिकारिक जानकारी आएको छैन ।

‘केजीएफ’को पहिलो च्याप्टरले ग्लोबल मार्केटमा पनि राम्रो प्रतिक्रिया पाएको छ । फिल्मलाई कन्नडका अलावा हिन्दी, तेलुगू, तमिल र मलयालम भाषामा पनि रिलिज गरिएको थियो ।

यो फिल्मले शाहरुख खानको ‘जिरो’ सँग टक्कर लिएको थियो । जसका कारण शाहरुख खानको फिल्मलाई व्यापारिक नोक्सान भएको थियो । ‘केजीएफ’ ले हिन्दी भाषामा मात्र ४५ करोड कमाइ गरेको थियो ।

यो फिल्मको दोस्रो च्याप्टरको चाहिँ दर्शकमा अहिलेदेखि नै प्रतीक्षा छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ५ : ०० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको