हनोईमा शुरु भयो ट्रम्प–किम शिखर वार्ता | Khabarhub Khabarhub

हनोईमा शुरु भयो ट्रम्प–किम शिखर वार्ता


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनोई– भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो पटकको शिखर वार्ता शुरु भएको छ ।

उनीहरुबीच हनोईमा रहेको सोफिटल लेजेण्ड मेट्रोपोल होटेलमा एक्लाएक्लै भेटवार्ता भएको हो । पछि उनीहरुले सँगै बेलुकीको खाना खाएका थिए ।

उनीहरुबीचको शिखर वार्ताले बिहीबार पनि निरन्तरता पाउने जनाइएको छ ।

उनीहरुको भेटवार्तामा दोभाषेसहित अमेरिकाको तर्फबाट अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र ह्वाइट हाउसका चिफ अफ स्टाफ मिक मुल्भने तथा उत्तर कोरियाको तर्फबाट उत्तर कोरियाका विदेशमन्त्री रि योङ हो र कोरियाली वर्कर्स पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल पनि सहभागी छन् ।

त्यसअघि बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भियतनामी राष्ट्रपति न्गुएन फु ट्रोनलगायतका उच्च अधिकारीसँथ भेटवार्ता गरेका थिए ।

सर्वोच्च नेता किमले शुक्रबार भियतनामी राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस शिखर वार्तामा उत्तर कोरिया तथा अमेरिकाबीच शान्ति स्थापनाका लागि आणविक निशस्त्रीकरण तथा नाकाबन्दी फुकुवाका विषयमा सम्झौता हुनसक्ने जनाइएको छ ।

यसअघि उनीहरुबीच अघिल्लो वर्ष सिङ्गापुरमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । त्यस शिखर वार्तामा दुई मुलुकबीच आणविक निशस्त्रीकरणका विषयमा ऐतिहासिक सम्झौता भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ५ : ४३ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून