हनोईमा शुरु भयो ट्रम्प–किम शिखर वार्ता « Khabarhub

हनोईमा शुरु भयो ट्रम्प–किम शिखर वार्ता


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनोई– भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो पटकको शिखर वार्ता शुरु भएको छ ।

उनीहरुबीच हनोईमा रहेको सोफिटल लेजेण्ड मेट्रोपोल होटेलमा एक्लाएक्लै भेटवार्ता भएको हो । पछि उनीहरुले सँगै बेलुकीको खाना खाएका थिए ।

उनीहरुबीचको शिखर वार्ताले बिहीबार पनि निरन्तरता पाउने जनाइएको छ ।

उनीहरुको भेटवार्तामा दोभाषेसहित अमेरिकाको तर्फबाट अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र ह्वाइट हाउसका चिफ अफ स्टाफ मिक मुल्भने तथा उत्तर कोरियाको तर्फबाट उत्तर कोरियाका विदेशमन्त्री रि योङ हो र कोरियाली वर्कर्स पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल पनि सहभागी छन् ।

त्यसअघि बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भियतनामी राष्ट्रपति न्गुएन फु ट्रोनलगायतका उच्च अधिकारीसँथ भेटवार्ता गरेका थिए ।

सर्वोच्च नेता किमले शुक्रबार भियतनामी राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस शिखर वार्तामा उत्तर कोरिया तथा अमेरिकाबीच शान्ति स्थापनाका लागि आणविक निशस्त्रीकरण तथा नाकाबन्दी फुकुवाका विषयमा सम्झौता हुनसक्ने जनाइएको छ ।

यसअघि उनीहरुबीच अघिल्लो वर्ष सिङ्गापुरमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । त्यस शिखर वार्तामा दुई मुलुकबीच आणविक निशस्त्रीकरणका विषयमा ऐतिहासिक सम्झौता भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ५ : ४३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार