विरोधका कार्यक्रम स्थगन गर्न आन्दोलनरत चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको अपिल « Khabarhub

विरोधका कार्यक्रम स्थगन गर्न आन्दोलनरत चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको अपिल


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत सरकारी चिकित्सकलाई विरोधका कार्यक्रम स्थगन गर्न अपिल गरेको छ ।

कर्मचारी समायोजनमा असन्तुिष्ट जनाउँदै आन्दोलनरत चिकित्सकले बुधबारदेखी देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेपछि स्वास्थ्य मन्त्रालयले विरोधका कार्यक्रम स्थगन गर्न अपिल गरेको हो ।

मन्त्रालयले विज्ञप्ती जारी गर्दै सरकारी चिकित्सक संघले राखेको मागप्रति सरकारी स्तरबाट सकारात्मक पहल हुँदाहुँदै पनि चिकित्सकले स्वास्थ्य सेवा अवरुद्ध पारेर विरोधका कार्यक्रम गरेकोमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘संघले उठाएका मागका सम्बन्धमा मन्त्रालयबाट सकारात्मक पहल हुदाहुँदै पनि स्वास्थ्य सेवा नै अवरुद्ध हुनेगरी गरिने विरोधका कार्यक्रमहरु नागरिकको स्वास्थ्य सेवा पाउने हकको विरुद्ध हुने हुँदा स्वास्थ्य सेवा जस्तो संम्वेदनशील मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा चिकित्सकहरुबाट भएका सम्पूर्ण विरोधका कार्यक्र स्थगन गर्न मन्त्रालय हार्दिक अपिल गर्दछ ।’

स्वास्थ्यसेवा अवरुद्ध हुँदा नागरिकमा हुने प्रतिकुल असरको जिम्मेवारी आन्दोलनरत चिकित्सकले लिनुपर्ने मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ती :

स्वास्थ्य मन्त्रालयले कुनै पहल गरेको छैन : डा पाण्डे

यता सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले भने स्वास्थ्य मन्त्रालयले माग सम्बोधनको लागि कुनै पहल नगरेको बताए ।

‘स्वास्थ्य मन्त्रालयले कुनै पहल गरेको छैन, उहाँहरुको विज्ञप्ती निराधार छ, स्वास्थ्य मन्त्रालयले पहल गरेको भए आज स्वास्थ्य सेवा बन्द गर्ने अवस्था आउँदैन थियो,’ डा पाण्डेले खबरहबसँग भने, ‘उहाँहरुले हामीलाई कारबाही गर्नुहुन्छ भने पनि हामी कारबाहि भोग्न तयार छौं । तर, हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन रोकिदैन । नागरिकको स्वास्थ्यसेवामा पर्ने असरमा स्वास्थ्य मन्त्रालय नै जवाफदेही हुनुपर्छ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : १६ बजे

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल