दुर्घटना स्थलबाट शव उठाउन शुरु, डोरीमा अड्काएर दुई वटा शव सुकेटार लगियो « Khabarhub

दुर्घटना स्थलबाट शव उठाउन शुरु, डोरीमा अड्काएर दुई वटा शव सुकेटार लगियो


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुकेटार– नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव उठाउन शुरु गरेको छ ।

काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) दुई वटा शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याई अन्य शव लिन घटनास्थलतर्फ गएको छ । सबै शव सुकेटार ल्याइएपछि सो हेलिकप्टर काठमाडौँ फर्कनेछ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभिरमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : १४ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब