काठमाडौंमा ३ करोड रुपैयाँका नयाँ सिसिटिभी क्यामरा जडान हुने « Khabarhub

काठमाडौंमा ३ करोड रुपैयाँका नयाँ सिसिटिभी क्यामरा जडान हुने


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडानका लागि प्रहरीलाई ३ करोड रुपैयाँ प्रदान गरेको छ ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा महानगरका प्रमुख विद्या सुन्दर शाक्यले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई ३ करोड रकमको चेक हस्तान्तरण गरे ।

उपत्यकाभित्र अहिले ४ सय ६० वटा सिसिटिभि क्यामेरा जडान गरिएको छ । महानगरपालिकाले प्रदान गरेको ३ करोडबाट आवश्यक परेका ठाउँमा नयाँ सिसिटिभी क्यामरा जडान गरिने छ । कुन स्थानमा र कति वटा क्यामरा जडान गर्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।

महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले राम्रो कामको थालनीका लागि रकम हस्तान्तरण गरेको बताइन् । ‘घटना घट्ने र बाहिर नआउने वातावरण भएकाले सूचना लिनका लागि सिसिटिभी आवश्यक रहेको उनको भनाइ छ ।’

उक्त क्यामेरा जडान गरेपछि सार्वजनिक स्थानमा फोहोर फ्ँयाक्ने व्यक्ति पत्ता लाग्ने र अनैतिक कार्यमा संलग्नहरुलाई पक्रन सहज हुने कुरामा विश्वस्त रहेको समेत उनले बताइन् ।

‘यसअघिसम्म अपराधी पक्रनका लागि सिसिटिभी राखिन्थ्यो, अब भने अपराध हुन नदिन राखिन्छ,’ महानगरका प्रमुख शाक्यले भने ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सिसिटिभी क्यामराले अपराधलाई नियन्त्रण र अनुसन्धान गर्न वैज्ञानिक भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : ४२ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय