रविन्द्र अधिकारी भन्थे, ‘विदेशी फिल्मभन्दा नेपाली फिल्म हेर्नुपर्छ’ | Khabarhub Khabarhub

रविन्द्र अधिकारी भन्थे, ‘विदेशी फिल्मभन्दा नेपाली फिल्म हेर्नुपर्छ’


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको आज (बुधवार) ताप्लेजुङबाट काठमाडौं फर्किने क्रममा दुर्घटनामा परेर निधन भयो ।

नेपालमा सन् २०२० सम्म २० लाख पर्यटक पर्यटक भित्र्याउने अभियानमा सक्रिय भएर लागिपरेका मन्त्री अधिकारी कास्कीको भरतपोखरीमा जन्मेका हुन् । अधिकारी अघिल्लो वर्ष केपी शर्मा ओली सरकार बनेपछि मन्त्री बनेका थिए ।
पछिल्लो समय विमानस्थलको विकासका लागि पनि उत्तिकै सक्रिय बनेका अधिकारी विद्यालय जीवनदेखि नै प्रगतिशील सांस्कृतिक कार्यक्रम, गीति नाटक मञ्चनमा पनि सक्रिय थिए ।

अधिकारीका ‘संविधानसभाः लोकतन्त्र र पुनर्संरचना’, ‘समृद्ध नेपाल’ लगायतका पुस्तक लेख्नुका साथै विभिन्न लेख तथा रचनाहरु प्रकाशित छन् ।

नेपाली फिल्म क्षेत्र र साहित्यका बारेमा पनि उत्तिकै चासो राख्ने रविन्द्र अधिकारी नेपाली सर्जकका पुस्तक विमोचनमा पनि उत्तिकै सम्मानका साथ पुग्ने गर्थे । मन्त्री भएपछि पनि समय मिलाएर उनी काठमाडौं तथा मोफसलमा हुने साहित्यिक कार्यक्रममा पुग्ने गर्थे । अधिकारीले पोखरामा भएको लिटरेचर फेस्टिभलको अवसर पारेर तीन वर्षअघि ‘समृद्ध नेपाल’ पुस्तकको विमोचन गरेका थिए ।

मन्त्री अधिकारी भन्थे, ‘जुन दिनसम्म साहित्य, कला र संस्कृतिको विकास हुँदैन, त्यो बेलासम्म देश समृद्ध भएको मान्न सकिँदैन ।’

अधिकारी नेपाली फिल्म क्षेत्रको विकासमा पनि उत्तिकै चासो राख्ने गर्थे । नेपाली सिनेमाको बजार विदेशी बजारमा पनि खोज्नुपर्छ भन्ने उनको चाहना थियो । कलाकार दीपकराज गिरीका अनुसार मन्त्री अधिकारी चीनमा नेपाली चलचित्र प्रदर्शन गर्न लागिपरेका थिए । उनले दीपकराज गिरीसँग एक भेटमा आफू चीनमा फिल्म चलाउने विषयमा सकारात्मक भएको बताएका थिए । दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबूकमा समेत यो लेखेका छन् ।

अधिकारी राजधानीमा हुने फिल्मका प्रिमियरमा पनि उपस्थित भएर फिल्म हेर्ने गर्थे । मन्त्री उनलाई संयोगान्त र वियोगान्त दुवै फिल्म मन पथ्र्यो । उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘खासमा सामाजिक चलचित्र हेरिन्छ, तर प्रेमका चलचित्र पनि मन पराउँछु, इमोसनल चलचित्र पनि मन पराउँछु ।’

उनलाई फिल्म हेर्दा सधै सकारात्मक परिणाम निस्कियोस् भन्ने लाग्थ्यो । उनको फिल्म अभिनयमा समेत रुचि भएको अधिकारीलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

मन्त्री अधिकारी नेपालमा बन्ने चलचित्रहरुले समाजमा चेतना फैलाओस् भन्ने चाहन्थे । उनका अनुसार फिल्ममा मनोरञ्जन पनि होस्, चेतना पनि होस् । उनी भन्थे, ‘समाजलाई पनि ध्यान दिएर फिल्म बनाउनुपर्छ, यसको विकासले समाजलाई सभ्य बनाउँछ ।’

रविन्द्र अधिकारीले नेपाली फिल्म हेर्नुपर्ने मान्यता राख्थे । उनी कलेज जीवनदेखि नै साथीहरुको समूह बनाएर नेपाली फिल्म हेर्न जाने गर्थे । उनी विदेशी फिल्मभन्दा नेपाली फिल्मलाई प्रमोसन गर्नुपर्छ भन्ने मान्यता राख्थे ।
मन्त्री अधिकारीले नेपालमा फिल्म क्षेत्रको विकास भयो भने समाजलाई पनि चेन्ज गर्न सकिने धारणा राख्थे ।

मन्त्री अधिकारीले यसै वर्ष पोखरामा भएको नेपाल लिटरेचर फेस्टिभलमा पनि सहभागिता जनाएका थिए । मन्त्री अधिकारीले चर्चित गीत ‘जोमसोमै बजारमा’ लगायत अन्य गीत समेत लेखेका छन् । ‘जोमसोमै बजार’ पोखराकै चर्चित ब्याण्ड नेपथ्यले गाएपछि अझ बढी लोकप्रिय भएको थियो ।

रविन्द्र अधिकारीले लेखेका कतिपय गीत भने उनले रेकर्ड गरेका छैनन् । अधिकारीका केही कविता पनि उत्तिकै चर्चित छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ०० बजे

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण