यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित « Khabarhub

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति भएको समूह डी अन्तर्गत चौथो चरणको खेलमा पोर्चुगलले नर्वेमाथि २–१ गोलको जित निकालेको हो ।

पोर्चुगलका लागि जोआओ कान्सेलो र गोन्सालो रामोसले एक–एक गोल गरेका थिए । नर्वेका क्रिस्टोफर अएरले एक गोल गरेका थिए ।

खेलको ३६औँ मिनेटमा नर्वेका अएरले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए थिए । ३८औँ मिनेटमा पोर्चुगलका कान्सेलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ७९औँ मिनेट रामोसले गरेको गोल सँगै पोर्चुगल २–१ गोलले विजयी भयो ।

यो जितसँगै समूह डी मा चार खेलबाट १२ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा रहेको छ । पराजित भएको नर्वे समान खेलबाट ३ अंकका साथ समूहको अन्तिममा छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ७ : ४७ बजे

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै