पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमायो– नेकपा | Khabarhub Khabarhub

पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमायो– नेकपा


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको जनाएका छन् ।

अध्यक्षद्वयले बुधबार(आज) जारी गरेको शोक वक्तव्यमा अधिकारीको निधनबाट पार्टी केन्द्रीय कमिटीका एक जना होनाहार सदस्य, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै नेपालको कम्युनिष्ट आन्दोलनमा अधिकारीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

आज दिउँसो १ बजेतिर ताप्लेजुङको फुङलिङ–१०, सिस्नेभिरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा अधिकारीसहित सात जनाको निधन भएको थियो । दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको र मुलुकले जनता र विकासप्रति सदैव समर्पितयोग्य जनप्रतिनिधि गुमाउनाका साथै निजी क्षेत्रबाट देशको विकासप्रेमी पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालकको निधन भएको खबरले पार्टी स्तब्ध भएको अध्यक्षद्वयको वक्तव्यमा उल्लेख छ ।

दुर्घटनामा परी निधन भएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उडड्यन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टर चालक प्रभाकर केसी र मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो ।

पार्टीको वक्तव्यमा दिवङ्गतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तहरुप्रति गहिरो समवेदाना व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ५७ बजे

प्रधानमन्त्री ओलीले फुटबल हेरेर जन्मदिन मनाउँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७४औँ जन्मदिन मनाउँदै

महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र

काठमाडौं– महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक

नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्ट प्रहरी

बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा फाइदै फाइदा

काठमाडौं– ड्राइ फ्रुट्स प्रायः आहारमा समावेश गरिन्छ। यी ड्राइ फ्रुट्स स्न्याक्सको 

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा– पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को