आन्दोलनबाट पछि हटे सरकारी डाक्टर ! « Khabarhub

आन्दोलनबाट पछि हटे सरकारी डाक्टर !


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान) ले देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा अनिश्चितकालित बन्द गर्ने निर्णय स्थगन गरेको छ ।

आज ( बुधबार)  दिउँसो ताप्लेजुङमा भएको डाईनेस्टिक एयरको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि गोदानले अस्पताल बन्दको निर्णय स्थगन गरेको हो ।

कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै आज ( बुधबार)  देखि सरकारी अस्पतालको आकस्मिक बाहेको सेवा बन्द गरेको गोदानले हेलिकोप्टर दुर्घटनाले  मुलुक शोकमा डुबेकाे भन्दै अस्पताल बन्द गर्ने निर्णय स्थगन गरिएको गोदानका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले खबरहबलाई बताए ।

‘कर्मचारी समायोजनको विषयमा हामीले राखेको मागलाई सरकारले वेवास्ता गरेकोले हामीले आजदेखी सबै सरकारी अस्पतालमा आकस्मिक बाहेको सेवा अनिश्चितकालीन रुपमा बन्द गरेका थियौं,’ डा. पाण्डेले खबरहबसँग भने, ‘तर मन्त्री अधिकारी सहित ७ जनाको दुखद निधनले देश शोकमा डुवेको अवस्थामा स्वास्थ्यसेवा बन्द गर्नु उचित हुँदैन । त्यसैले अस्पताल बन्दको कार्यक्रम स्थगन गर्ने निर्णय गरेका छौं ।’

डा. पाण्डेले बिहिबार र शुक्रबारको आन्दोलनको कार्यक्रम स्थगन भएपनि आफ्ना मागबाट भने आफूहरु पछि नहट्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : २३ बजे

मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या

पाँचथर – जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका

मेयर्स कपको उपाधि एपीएफले जित्यो

काठमाडौँ – ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको

मनाङमा भीरबाट खसेर चिनियाँ पर्यटकको मृत्यु

पोखरा – मनाङमा भीरबाट खसेर एक पर्यटकको मृत्यु भएको छ

सूर्यविनायक–साँगा ६ लेन सडकखण्डको विस्तार सुरु

काठमाडौँ – सूर्यविनायक–धुलिखेल, धुलिखल–सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डको विस्तार आजदेखि

‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड

काठमाडौँ – नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको