आन्दोलनबाट पछि हटे सरकारी डाक्टर ! « Khabarhub

आन्दोलनबाट पछि हटे सरकारी डाक्टर !


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान) ले देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा अनिश्चितकालित बन्द गर्ने निर्णय स्थगन गरेको छ ।

आज ( बुधबार)  दिउँसो ताप्लेजुङमा भएको डाईनेस्टिक एयरको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि गोदानले अस्पताल बन्दको निर्णय स्थगन गरेको हो ।

कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै आज ( बुधबार)  देखि सरकारी अस्पतालको आकस्मिक बाहेको सेवा बन्द गरेको गोदानले हेलिकोप्टर दुर्घटनाले  मुलुक शोकमा डुबेकाे भन्दै अस्पताल बन्द गर्ने निर्णय स्थगन गरिएको गोदानका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले खबरहबलाई बताए ।

‘कर्मचारी समायोजनको विषयमा हामीले राखेको मागलाई सरकारले वेवास्ता गरेकोले हामीले आजदेखी सबै सरकारी अस्पतालमा आकस्मिक बाहेको सेवा अनिश्चितकालीन रुपमा बन्द गरेका थियौं,’ डा. पाण्डेले खबरहबसँग भने, ‘तर मन्त्री अधिकारी सहित ७ जनाको दुखद निधनले देश शोकमा डुवेको अवस्थामा स्वास्थ्यसेवा बन्द गर्नु उचित हुँदैन । त्यसैले अस्पताल बन्दको कार्यक्रम स्थगन गर्ने निर्णय गरेका छौं ।’

डा. पाण्डेले बिहिबार र शुक्रबारको आन्दोलनको कार्यक्रम स्थगन भएपनि आफ्ना मागबाट भने आफूहरु पछि नहट्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : २३ बजे

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ