ट्रम्पका पूर्व अधिवक्ता कोहेनले दिए कङ्ग्रेसमा बयान « Khabarhub

ट्रम्पका पूर्व अधिवक्ता कोहेनले दिए कङ्ग्रेसमा बयान


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व अधिवक्ता माइकल कोहेनले ट्रम्पविरुद्ध कङ्ग्रेसमा बयान दिएका छन्।

माइकल कोहेनले कङ्ग्रेस समक्ष बयान दिनुअघि अमेरिकी सञ्चारमाध्यमले पाएको सूचना अनुसार कोहेनले ट्रम्पका पूर्व साझेदार रोजर स्टोनले डेमोक्रयाटिक पार्टीकी तत्कालिन राष्ट्रपतीय उम्मेद्वार हिलारी क्लिन्टनसम्बन्धी विवादित सूचना विकिलिक्सिसँग चुहाएको बयान दिने जनाइएको छ । बयानमा कोहेनले ट्रम्पलाई रंगभेदी, ठग तथा झुठो व्यक्तीको संज्ञा दिने समेत बताइएको छ ।

त्यसबाहेक कोहेनले ट्रम्पले आफ्नो राष्ट्रपतीय अभियानका क्रममा रुसको राजधानी मस्कोमा रियल स्टेटको व्यापारिक वार्तामा सक्रिय रहेको बताउनेछन् । कोहेनले ट्रम्पसँग नाम जोडिएकी वयस्क चलचित्रकी अभिनेतृ पोर्नस्टार स्ट्रोमी डेनियल्सलाई आफैँले व्यक्तिगत रुपमै १ लाख ३० हजार डलर दिएको बताउनेछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ९ : ०५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको