प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै « Khabarhub

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई शनिवार राति बाकुबाट स्वदेशका लागि प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै आइतबार(आज) बिहान काठमाडौँ पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले सम्मेलनमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागीछन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ७ : ११ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको