यसकारण लठ्ठ पार्छ मदिराले « Khabarhub

यसकारण लठ्ठ पार्छ मदिराले


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वर्ल्ड एक्सेप्टेड सोसल ड्रिंक्सका रूपमा मदिरालाई लिइन्छ । यसको सेवनपछि मानिस लठ्ठिनेदेखि विभिन्न अशोभनीय गतिविधि पनि गर्न थाल्छन् ।

कतिपय मानिस यसको सेवनले जीवनलाई नै धरापमा पारिरहेका हुन्छन् । किनकि, यसको अत्यधिक सेवनले कलेजो फेल हुने समस्या हुन्छ । विशेषगरी नशाका रूपमा यसको सेवन गरिन्छ ।

मदिरामा अल्कोहलको मात्रा हुन्छ । यस्तो मात्रा मदिराको ब्रान्डअनुसार फरक–फरक हुन्छ । यही अल्कोहलले नै हो मानिसलाई एक्साइटमेन्ट, उग्र, आलस्य बनाउने ।

खासमा मदिरामा मिथाइल अल्कोहल हुन्छ । मदिरामा हुने भनेकै यति एउटा तत्व हो । आमाशयमा पुगेपछि यस्तो अल्कोहल तत्कालै रगतमा मिसिन पुग्छ र नसालाई असर पार्छ ।

यसैका माध्यमबाट दिमागसम्म पुग्छ । खासगरी दिमागको पछिल्लो पाटोमा यसको असर पुग्छ । र, मानिसलाई लठ्याउने गर्छ ।

मदिरा सेवनपछि मानिस खुसी हुने, स्मरणशक्ति कमजोर हुने र उत्साहित हुने गर्छन् । त्यस्तै, यसको मात्रा मस्तिष्कमा पुगेपछि शरीरको ब्यालेन्स नै बिग्रन थाल्छ । यसले निद्रा लाग्ने पनि हुन्छ । तर, बढी प्रयोगले बिस्तारै कलेजो फुल्न जान्छ र ड्यामेज नै हुन्छ ।

मदिराले विशेषगरी पेट र मस्तिष्कको समस्या निम्त्याउँछ । रक्सीले ग्यास्ट्रिकसँगै पेट दुख्ने, फुल्ने, पोल्ने, खान मन नलाग्ने, अमिलो पानी आउने, कालो दिसा आउने, बान्ता हुनेजस्ता समस्या देखिन्छ ।

मदिराले मस्तिष्कमा पनि उस्तै समस्या सिर्जना गर्छ । मदिराका कारण छारेरोग, बेहोस, निद्रा नपर्ने, डर लाग्ने, हात काम्ने, तलतल लाग्नेजस्ता समस्या हुन्छ । यसले स्मरणशक्ति कमजोर हुनुका साथै आत्मविश्वासमा पनि कमी ल्याउँछ ।

त्यस्तै, मदिराले उच्च रक्तचाप, हातखुट्टा झमझमाउने, डिप्रेसन, एग्रेसन, नसासम्बन्धी समस्या उत्पन्न गर्छ । रक्सी सेवन गरिरहने बानीले एक दिन मात्र पनि नपिउँदा निकै छटपटी हुन्छ । मदिरा नपिएको रात निद्रा नै नपर्नेसम्म हुन्छ । नियमित मदिरा सेवनले डर लाग्ने, ढुकढुकी बढ्ने, रिस उठिरहने, दिक्क लाग्नेजस्ता समस्या पनि हुन्छ । त्यसैले मदिराको एडिक्सन भएमा तत्काल चिकित्सकलाई भेटी छुटाउने प्रयास गर्नुपर्छ ।

अत्यधिक मदिरा सेवन गर्दा हस्पिटलमै भर्ना गर्नुपर्ने हुन सक्छ । यस्तो लत तत्काल छुटाउन गाह्रो हुने भएकाले चक्कीका माध्यमबाट यसलाई बिस्तारै छुटाउन सकिन्छ ।

मदिराले एन्जाइटी, पागलपनजस्ता मानसिक समस्या पनि निम्त्याउन सक्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ८ : ५२ बजे

मनिष खनाल : नवलपरासी-२ का २६ वर्षीय जेन-जी युवा अब ‘माननीय’

काठमाडौं- मनिष खनाल, २६ वर्षीय जेन-जी युवा । अब माननीय

सर्लाही-२ मा रास्वपाका महतो विजयी

बरहथवा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय

पर्सा-३ मा रास्वपाका चौरसियाको फराकिलो अग्रता

वीरगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय

सुनसरी–१ मा ४ हजार मतले अघि बढे माटोका हर्कराज साम्पाङ

सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी

जुम्लामा जितेर ज्ञानेन्द्रले जोगाए राप्रपाको संसदीय अस्तित्व, लज्जास्पद हारसँगै रास्वपाकी विनिताको जमानत जफत

जुम्ला- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्रै क्षेत्र रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी