चाडपर्वले जातीय सद्भाव कायम गर्न सघाउँछ– मन्त्री ढकाल | Khabarhub Khabarhub

चाडपर्वले जातीय सद्भाव कायम गर्न सघाउँछ– मन्त्री ढकाल


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले चाडपर्व, देउसी-भैलो जस्ता परमपरागत सांस्कृतिक कार्यक्रमले जातीय सद्भाब कायम गर्दै देश विकासको निम्ति एकजुट हुन सहयोग पुग्ने बताएका छन् ।

मौलिक संस्कृतिले सबैलाई एक सूत्रमा बाँध्न सहयोग पुग्ने उनको भनाइ थियो ।

तेह्रथुम सरोकार समाज नेपालको देउसी-भैलो कार्यक्रममा मन्त्री ढकालले भने “देउसी-भैलो नाच, च्याब्रुङ नाच, मारुनी नाच तेह्रथुम जिल्लाको मौलिक संस्कृतिहरु हुन् । यस्ता कार्यक्रहरुले तेह्रथुमे दाजुभाइ दिदी-बहिनीहरुलाई एकै सुत्रमा बाँधी तेह्रथुम जिल्लाको मात्र नभइ सिङ्गो देसविकासको निम्ति एक जुट गराउँछ ।”

शनिवार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लवमा तेह्रथुम सरोकार समाज नेपालले देउसी-भैलो कार्यक्रम सम्पन्न गरेको छ । उक्त देउसी-भैलो कार्यक्रममा दक्षिणा स्वरुप करीब १० लाख रुपैयाँ रकम सङ्कलन भएको थियो ।

तेह्रथुमको मैलिक संस्कृति झल्कने मारुनी नाच, च्याब्रुङ नाच, देउसी नाच, भैलो नाच, पञ्चेबाजा समावेश गरिएको कार्यक्रमा काठमाडौंमा वसोवास गर्दै आएका तेह्रथुमबासीको बाक्लो उपस्थिति थियो ।

शरदकालिन पर्वहरु तिहार, म्हपूजा तथा छटको उपलक्षमा आयोजित देउसी-भैलो कार्यक्रममा तेह्रथुम सरोकार समाज नेपाल का अध्यक्ष मोहन कुमार डाँगीले कार्यक्रमा सङ्कलित रकमबाट अक्षयकोष स्थापना गरी सोबाट प्राप्त हुने ब्याजबाट विपन्न वर्गका तेह्रथुमेहरुलाई गम्भीर स्वास्थ्य आइलागेमा नियमअनुसार सहयोग उपलब्ध गराइने जानकारी गराए ।

कार्यक्रममा पूर्व राज्यमन्त्री सीता गुरुङ, पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक दीपक थाङ्देन, प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङ, समाजका प्रमुख सल्लाहकार बिजय सम्बाहाम्फे लगायको उपस्थिती थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ४१ बजे

आज २०८२ साल जेठ २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ २८ गते बुधबार। जेठ

नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको

नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

एजेन्सी – कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले