चीनद्वारा नेपाली सामानको निर्यातमा रोक | Khabarhub Khabarhub

चीनद्वारा नेपाली सामानको निर्यातमा रोक


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चीनको रसुवागढी–केरुङ नाकामा रहेको चीनियाँ भन्सार विभागले नेपाली खाद्य सामानको निर्यातमा रोक लगाएको छ ।

उक्त विभागले विस्कुट, चाउचाउ, पिठो लगायतको खाद्य सामाग्री अगस्टदेखि रोक लगाएको हो ।

चीनको प्रशासनले ती खाद्य सामाग्रीमा लेबल तथा अन्य विवरण चीनियाँ भाषामा हुनु पर्ने भन्दै ती सामग्रीको निर्यातमा रोक लगाएको हो ।

यसअघि नेपालले चिनियाँ भाषामा लेवल लगाउँदा नबुझेको भन्दै चीनबाट नेपाल भित्रने सामाग्रीमा रोक लगाएको थियो ।
त्यसको प्रतिउत्तरमा चीनले पनि नेपाली सामान निर्यात रोकेको हो ।

चिनियाँको उक्त कार्य नेपाली अधिकारीको निर्णयको बदलाको रुपमा लिइएकोे छ । रसुवागढीका भन्सार प्रमुख पुण्य किरण खड्काले नेपाली सामाग्रीमा लेबल तथा अन्य विवरण नेपाली भाषाका साथसाथै अग्रेजीमा पनि उल्लेख हुने गरेको बताए ।

तर, चीनबाट आयात हुने सामाग्रीमा भने चिनियाँ भाषा मात्र राखिने हुँदा समस्या उत्पन्न हुने गरेको उनले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ५५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका