अमेरिकी सेनाको कारबाहीमा आईएसआईएसका प्रमुख बग्दादी मारिएको दाबी « Khabarhub

अमेरिकी सेनाको कारबाहीमा आईएसआईएसका प्रमुख बग्दादी मारिएको दाबी


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आतंकवादी संगठन इस्लामिक स्टेट इराक र सिरिया (आईएसआईएस)का प्रमुख अबु अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको दाबी गरिएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार शनिबार उत्तर–पश्चिम सिरियामा भएको कारबाहीमा आईएसआईएसका प्रमुख बग्दादी मारिएका हुन् ।

उच्च सैनिक स्रोतलाई उद्धृत गर्दै लेखिएका समाचारहरुमा सैनिक कारबाहीमा आईससआईएसका ठूला नेता मारिएको र ती बग्दादी भएको दाबी गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आईएसआईएसका प्रमुख मारिएको संकेत गर्दै ‘केही ठूलो काम भएको’ बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पले भर्खरै ठूलो काम भएको बताएका छन् ।

आईसएआईएसका प्रमुख बग्दादी पछिल्ला ५ वर्षदेदि ‘भूमिगत’ थिए । पछिल्लो समय सन् २०१४ मा बग्दादीको एक भिडियो सार्वजनिक भएको थियो । उनी मोसुलको एक मस्दिमा गएको भिडियोमा देखिएको थियो ।

यसअघि पनि थुप्रैपटक बग्दादी सैनिक कारबाहीको निशाना बनेको खबरहरु सार्वजनिक भएका थिए । सन् २०१८ को फैब्रुअरी महिनामा अमेरिकी अधिकारीहरुले सन् २०१७ को मे महिनामा भएको सैनिक कारबाहीमा परेर बग्दादी घाइते भएका दाबी गरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ११ : ३२ बजे

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

काठमाडौं- होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

काठमाडौं- इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए