किन टाउको दुख्छ ? कारण जान्नुहोस् « Khabarhub

किन टाउको दुख्छ ? कारण जान्नुहोस्


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसमा टाउको दुख्ने समस्या हुन्छ । टाउकोको कुनै भागमा महसुस हुनेगरी दुख्नु वा भारी हुनुलाई हामी सामान्यतया टाउको दुखेको भन्छौ । तर टाउको किन दुख्छ, यसका बारेमा हामी जानकारी राख्दैनौं ।

साथै टाउको दुखाई अलग–अलग हुन्छन् भन्ने समेत जानकारी हुँदैन । सामान्यतया टाउको दुखाईलाई चिकित्सकीय भाषामा प्राइमरी र सेकेन्डरी हेडेक गरी दुई भागमा वर्गीकरण गरिएको हुन्छ । यी दुई प्रकारको टाउको दुखाई निम्न अनुसार छन् :

१. प्राइमरी हेडेक : प्राइमरी हेडेक टेन्सन हेडेक, माइग्रेन र कलस्टर गरी ३ प्रकारका हुन्छन् ।

क) टेन्सन हेडेक

टेन्सन हेडेक सामान्य टाउको दुखाइ हो । यो साधारण तनावका कारणले दुख्ने गर्दछ । यस्तो टाउको दुखाई शान्त र रमाइलो माहोलमा केहीबेर बसे वा निदाएमा आफै ठीक हुन्छ ।

ख) माइग्रेन

माइग्रेन निकै कडा खालको टाउको दुखाइ हो । यो केही घण्टादेखि केही दिनसम्म्म रहन्छ । माइग्रेनमा टाउकाको एक भाग दुख्ने हुन्छ । पुरुषको तुलनामा महिलामा माइग्रेन बढी देखिन्छ । माइग्रेन चिकित्सकको सुझाव अनुसारको औषधिको सेवनबाट नियन्त्रण गर्न सकिन्छ ।

ग) कलस्टर

हरेकपटक एउटै समयमा मात्र टाउको दुख्नुलाई कलस्टर दुखाइ भनिन्छ । यस्तो टाउको दुखाई मौसम अनुसार वा केही लामो समयसम्म नियमित एकै समयमा हुने गर्दछ । यो टाउको दुखाईलाई चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।

२. सेकेन्डरी हेडेक

दिमागमा कुनै खालको ट्युमर, संक्रमण, दाग भए वा नसा फुटेर टाउको दुख्नुलाई सेकेन्डरी हेडेक भनिन्छ । यो निकै कम मात्रामा हुन्छ । तर यस प्रकारको टाउको दुखाई निकै घातक मानिन्छ । जसलाई परीक्षण गराएर चिकित्सकको सल्लाह बमोजिम उपचार वा औषधि सेवन गर्नुपर्छ ।

रोकथाम र उपचार

अधिकांश मानिसमा टाउको दुख्ने समस्या सामान्य रहेको बुझाई छ । टाउको दुख्नुको अर्थ टाउकोको दुखाई मात्र नभएर शरीरमा भएका अरु रोग वा कारणले पनि हुनसक्छ । टाउको दुख्दा जथाभावी पेनकिलरको सेवन गर्नुहुँदैन । त्यसैले यसको परीक्षण गरी समयमै उपचार गर्नुपर्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १२ : ०९ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो