किन टाउको दुख्छ ? कारण जान्नुहोस् « Khabarhub

किन टाउको दुख्छ ? कारण जान्नुहोस्


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसमा टाउको दुख्ने समस्या हुन्छ । टाउकोको कुनै भागमा महसुस हुनेगरी दुख्नु वा भारी हुनुलाई हामी सामान्यतया टाउको दुखेको भन्छौ । तर टाउको किन दुख्छ, यसका बारेमा हामी जानकारी राख्दैनौं ।

साथै टाउको दुखाई अलग–अलग हुन्छन् भन्ने समेत जानकारी हुँदैन । सामान्यतया टाउको दुखाईलाई चिकित्सकीय भाषामा प्राइमरी र सेकेन्डरी हेडेक गरी दुई भागमा वर्गीकरण गरिएको हुन्छ । यी दुई प्रकारको टाउको दुखाई निम्न अनुसार छन् :

१. प्राइमरी हेडेक : प्राइमरी हेडेक टेन्सन हेडेक, माइग्रेन र कलस्टर गरी ३ प्रकारका हुन्छन् ।

क) टेन्सन हेडेक

टेन्सन हेडेक सामान्य टाउको दुखाइ हो । यो साधारण तनावका कारणले दुख्ने गर्दछ । यस्तो टाउको दुखाई शान्त र रमाइलो माहोलमा केहीबेर बसे वा निदाएमा आफै ठीक हुन्छ ।

ख) माइग्रेन

माइग्रेन निकै कडा खालको टाउको दुखाइ हो । यो केही घण्टादेखि केही दिनसम्म्म रहन्छ । माइग्रेनमा टाउकाको एक भाग दुख्ने हुन्छ । पुरुषको तुलनामा महिलामा माइग्रेन बढी देखिन्छ । माइग्रेन चिकित्सकको सुझाव अनुसारको औषधिको सेवनबाट नियन्त्रण गर्न सकिन्छ ।

ग) कलस्टर

हरेकपटक एउटै समयमा मात्र टाउको दुख्नुलाई कलस्टर दुखाइ भनिन्छ । यस्तो टाउको दुखाई मौसम अनुसार वा केही लामो समयसम्म नियमित एकै समयमा हुने गर्दछ । यो टाउको दुखाईलाई चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।

२. सेकेन्डरी हेडेक

दिमागमा कुनै खालको ट्युमर, संक्रमण, दाग भए वा नसा फुटेर टाउको दुख्नुलाई सेकेन्डरी हेडेक भनिन्छ । यो निकै कम मात्रामा हुन्छ । तर यस प्रकारको टाउको दुखाई निकै घातक मानिन्छ । जसलाई परीक्षण गराएर चिकित्सकको सल्लाह बमोजिम उपचार वा औषधि सेवन गर्नुपर्छ ।

रोकथाम र उपचार

अधिकांश मानिसमा टाउको दुख्ने समस्या सामान्य रहेको बुझाई छ । टाउको दुख्नुको अर्थ टाउकोको दुखाई मात्र नभएर शरीरमा भएका अरु रोग वा कारणले पनि हुनसक्छ । टाउको दुख्दा जथाभावी पेनकिलरको सेवन गर्नुहुँदैन । त्यसैले यसको परीक्षण गरी समयमै उपचार गर्नुपर्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १२ : ०९ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड