चिलीका राष्ट्रपतिद्वारा सिंगो मन्त्रिपरिषद नै बर्खास्त « Khabarhub

चिलीका राष्ट्रपतिद्वारा सिंगो मन्त्रिपरिषद नै बर्खास्त


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान्टियागो– चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि राष्ट्रपति पिनेराले शनिबार आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरुलाई राजीनामा दिन लगाएका हुन् ।

‘आन्दोलनकारीहरुको माग अनुसार मैले नयाँ मन्त्रिपरिषद् गठन गर्न लागेको छु, त्यसका लागि सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छु,’ राष्ट्रपति पिनेराले सञ्चारकर्मीहरुसँग भने ।

राष्ट्रपति कार्यालयमै पत्रकारहरुसँग भएको भेटमा उनले आन्दोलनकारीको आवाज आफूले सुनेको पनि बताए ।

उनले भने, ‘हामी सबै परिवर्तन हुनुपर्छ, हामी सबै वास्तविकतामा आधारित भएर आपत्कालीन समस्याको समाधान जिम्मेवारीपूर्ण ढङ्गले निकाल्नु पर्दछ ।’

गत शुक्रबार राजधानी सान्टियागोमा दशौं लाख जनाले राष्ट्रपतिको राजीनामाको माग गर्दै सडक प्रदर्शन गरेका थिए ।

उनीहरुले शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउनु पर्ने, आधारभूत अन्य सेवाहरु सस्तो र सर्वसुलभ गराउनु पर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्नेलगायतका माग पनि राखेका छन् ।

अहिले भएको आन्दोलनका क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु सयौँ घाइते भएका छन् ।

आन्दोलन चर्कदै हिंसात्मक हुन थालेपछि राष्ट्रपति सेबास्टियनले सान्टियागो क्षेत्रमा केही दिन अगाडि सङ्कटकालको घोषणा गरेका छन् ।

राष्ट्रपति पिनेराले आफू आन्दोलनकारीहरुको भावनासँग सहमत रहेको र आन्दोलनकारीसँग वार्ता मार्फत् तत्काल समस्याको निकास खोज्न तयार रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १ : ५९ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल