सांस्कृतिक विरासतलाई जोगाइराख्नु पर्नेमा जोड « Khabarhub

सांस्कृतिक विरासतलाई जोगाइराख्नु पर्नेमा जोड


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले नेपालबाट नै चार आध्यात्मिक आयामको विकास भएको बताएका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आइतबार आयोजित कार्यक्रममा सभामुख श्रेष्ठले आन्तरिक चेतनाको विकास गर्नु नै वास्तविक दीपावली मनाउनु हो भने ।

शरीररुपी मन्दिरमा रहेको चेतनारुपी ज्योतिको उजागर गराउने पर्व नै भाइटीका हो भन्नुहुँदै उनले नेपालको सांस्कृतिक विरासतलाई जोगाइराख्नु पर्नेमा जोड दिए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगी राज दिदीले ज्ञान प्रकाशले जागृत मनस्थितिबाट मात्रै स्वभाव संस्कारलाई परिवर्तन गरी पुनः सुखद, समृद्ध र सभ्य संसारको निर्माण गर्न सकिने भएकाले प्रत्येकको जीवनमा दैवी मूल्य र आचरणको खाँचो औँल्याए ।

नर्वेजियन विश्वविद्यालयका प्रा डा विशाल सिटौला, ब्रह्माकुमार रामसिंह ऐर, तिलकबहादुर शाही, किशोर मल्ललगायतले प्रकाश बिना संसार अन्धकारमय हुने हुँदा ज्ञान (सरस्वती), धन (लक्ष्मी), वुद्धि विवेक (गणेश) प्राप्तिका लागि सबै लाग्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  २ : ५५ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको