तिहारको चटारो : यस्तो देखियो काठमाडौंमा आज (फोटोफिचर) « Khabarhub

तिहारको चटारो : यस्तो देखियो काठमाडौंमा आज (फोटोफिचर)


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शनिबारदेखि तिहार सुरु भएको छ । हिजो कागतिहार मनाएसँगै यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आइतवार (आज) कुकुर तिहार र लक्ष्मी पूजा गरेर मनाइँदै छ ।

यो वर्ष एकै दिन कुकुर तिहार र लक्ष्मी पूजा परेको छ । आज बिहान गाईको पूजा गरेपछि साझ लक्ष्मी पूजा गर्ने प्रचलन छ । तिहारको रमझम पनि आजैबाट सुरु हुन्छ । जसका कारण राजधानी काठमाडौंसँगै विभिन्न शहरी क्षेत्रमा फूलको व्यापार ह्वात्तै बढेको छ ।

लक्ष्मी पूज्नका साथै घरका झ्याल, ढोकाका साथै भाइटिका लगाउन पनि सयपत्री फूल र मखमली फूलको विशेष प्रयोग हुने भएकाले आइतबार राजधानीका मुख्य मुख्य चोक तथा बजार क्षेत्रमा फूल बेच्नेहरुको भीड नै लागेको छ । तिहारको बजारमा गाईंको गोबरदेखि फूल तथा भाइमसलासम्मको किनबेच देखियो ।

राजधानीमा छ सयदेखि ८ रुपैयाँ सयसम्म फूलको मालाको व्यापार भइरहेको व्यापारीले बताए । बेलुका लक्ष्मी पूज्नु पर्ने र घरका झ्याल, ढोका सजाउन फूल किन्नेहरुको भीड पनि उत्तिकै देखिएको छ ।

लक्ष्मीपूजा र भाइ टिकाका लागि किन्न मेल गर्ने मुख्य बजारमा भीडभाड बाक्लो छ । कालिमाटी, कलंकी, रत्नपार्क, असन, इन्द्रचोक, न्युरोड, बानेश्वर, कोटेश्वर, चाबहिल, बालाजु, सातदोबाटो, लगनखेललगायतका क्षेत्रमा फूल किन्ने र बेच्नेहरुको भीड लागेको छ ।

यस्तै, भाइटीकासँगै समापन हुने तिहारका लागि भाइमसला, फूलका माला, रंग र फलफूल किन्नेको बजारमा चाप छ । तिहारको दोस्रो दिन राजधानीका मुख्य शहरमा देखिएका केही दृश्य :

तस्वीर : अर्घेलो थापा / रमेश भारती

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ३ : २७ बजे

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर