सिस्नुपानी नेपालको ‘देउसी भैलो’ मा शैलेन्द्र सिम्खडाको ठाउँमा यमन श्रेष्ठ « Khabarhub

सिस्नुपानी नेपालको ‘देउसी भैलो’ मा शैलेन्द्र सिम्खडाको ठाउँमा यमन श्रेष्ठ


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक वर्ष दिपावलीको अवसर पारेर आयोजना हुने कार्यक्रम ‘देउसी भैलो’ मा यसपटक व्यङ्ग्यकवि शैलेन्द्र सिम्खडाको प्रस्तुति नहुने भएको छ । सिम्खडाले ‘माथिको आदेश’ भन्दै सिस्नुपानी नेपालले कार्यक्रममा प्रहसन नगर्ने भनेको प्रतिक्रिया दिएका छन् ।

आफ्ना चोटिला व्यङ्ग्य कविताका कारण सधै चर्चामा रहने सिम्खडाले आफ्ना व्यङ्ग्य चेतका कारण धेरैको ध्यान तान्ने गर्थे । यसपटक भने आफूलाई आयोजकले ‘माथिको आदेश’ भन्दै कार्यक्रममा सहभागी नगराएको व्यङ्ग्यकार सिम्खडाले बताएका छन् ।

आफ्नो प्रस्तुति नेताहरुले मन नपराएका कारण देउसी भैलोमा‍ सहभागी नगराएको सिम्खडाले आरोप लगाए पनि यता सिस्नुपानी नेपालका मनोज गजुरेलले भने संस्थागत रुपमा माथिको दबाब नआएको दाबी गरेका छन् । त्यस्तै सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गामान्गेले शैलेन्द्र सिम्खडा सदस्य नभएको बताएका छन् ।

‘जहाँसम्म माथिको दबाबको कुरा छ, संस्थागत रुपमा कसैको दबाब आएको थाहा छैन, मलाई व्यक्तिगत रुपमा कसैले आदेश दिने कुरै भएन किनभने म जनमतको कदर गर्दै अन्तर्मनको आदेशले चल्ने गर्छु,’ मनोज गजुरेलले भनेका छन्, ‘म राम्रोलाई राम्रो भन्छु, नराम्रोलाई नराम्रो भन्छु, यदि कुनै छिद्रबाट त्यस्तो कुनै दबाब वा आदेश आएको थाहा पाएका दिन म त्यहाँ रहने छैन ।’

हास्यकलाकार गजुरेलले यसपटक मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठले प्यारोडी गर्ने भएकाले शैलेन्द्र छुटेको बताएका छन् ।

सिस्नुपानी नेपालले हरेक तिहारमा देउसी भैलो कार्यक्रममा आयोजना गर्ने गरेको छ । यस वर्षको व्यङ्ग्यात्मक देउसी भैलो कार्यक्रम शुरु भइसकेको छ । सिस्नुपानीले २२ औँ संस्करणको देउसी भैलो कार्यक्रम लक्ष्मीपूजाका दिन (आज) नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा प्रस्तुत गर्दैछ ।

यस्तो छ सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गामान्गेले जारी गरेको प्रेस रिलिज:

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ४ : ३० बजे

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको