प्रधानमन्त्री स्वदेश फर्कदा उडान रोकिएपछि विमानस्थलमै यात्रुको नाराबाजी « Khabarhub

प्रधानमन्त्री स्वदेश फर्कदा उडान रोकिएपछि विमानस्थलमै यात्रुको नाराबाजी


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुबाट आइतबार बिहान स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडान अवतरण बन्द हुँदा एउटा उड्न लागेको जहाजका यात्रुहरु नाराबाजीमा उत्रिएका छन् ।

बेला बेला उच्चपदस्थ (भीभीआईपी) उडानका समयमा विमानस्थलमा जारी हुने नोटाम कारण सर्वसाधारणले समस्या भोग्दै आएका छन् । भीभीआईपी उडानका समयमा अन्य व्यवसायीक उडान अवतरणमा प्रतिबन्ध लगाइन्छ । जसलाई नोटाम भनिन्छ ।

आइतबार बिहान साढे १० बजेतिर प्रधानमन्त्री ओली सवार जहाज विमानस्थलमा अवतरण हुँदै गर्दा जारी गरिएको नोटामको समय सकिन केही मिनेट बाँकी रहेको अवस्थामा श्री एयरलाइन्सको जहाज नेपालगञ्ज उड्ने तयारीमा थियो ।

७० जना यात्रु बोकेको जहाज ट्याक्सीवेतर्फ जाने तयारीमा रहेको बेला विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरको आदेशमा उक्त जहाजले इन्जिन बन्द गरेर रोकिएको थियो ।

जहाजको इन्जिन बन्द भएपछि उडान दलका सदस्यले जहाजका यात्रुलाई प्रधानमन्त्रीको उडानका कारण केही समय कुर्नु पर्ने जानकारी गराएका थिए ।

यसपछि यात्रुहरुले आक्रोश पोख्दै जहाजभित्रै आवाज उठाउन थाले । उनीहरुले जहाजको बन्द ढोका जबरजस्ती खोल्न लगाएर बाहिर निस्केर नाराबाजी नै गरेको विमानस्थल स्रोतको भनाइ छ ।

कानुनी हिसाबले जहाज बोर्ड भएपछि यात्रु बाहिर निस्कन मिल्दैन । बाहिर निस्केका यात्रुले नाराबाजी गरेपछि स्थिति सामान्य पार्न प्रहरी नै बोलाउनु परेको स्रोतले जानकारी दियो ।

यता, विमानस्थल प्रशासनले भने नोटाम जारी गरिएको समयमा केहीबेर विमान उड्न रोकिएको जनाउँदै उक्त घटना सामान्य भएको जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ५ : ०४ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)