चितवनस्थित गौसंरक्षण केन्द्रमा सामूहिक गौपूजन « Khabarhub

चितवनस्थित गौसंरक्षण केन्द्रमा सामूहिक गौपूजन


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- श्रीवागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमबाट सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौपूजन एवं भोजनालय तथा वाचनालय भवनको आज उद्घाटन गरिएको छ ।

भरतपुर महानगरपालिका–१ मा रहेको गौसंरक्षण केन्द्रमा सामूहिक गौपूजा गरी उद्घाटन गरिएको हो ।  प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य रीना गुरुङ, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, आश्रमका प्रमुख संरक्षक योगी शिरीष नाथ, आश्रमका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, केन्द्रका संयोजक रामप्रसाद वस्ती, पूर्वसंयोजक टङ्कनाथ पौडेललगायतले गौसंरक्षणको महत्वका बारेमा प्रकाश पारेका थिए ।

दुवै संरचना रु पाँच÷पाँच लाख खर्च गरेर निर्माण गरिएका हुन् । गौसंरक्षण केन्द्रमा स्थानीय जातका १३६ वटा गाई रहेका छन् । जुरो भएको स्थानीय गाईलाई पूजा गरे साक्षात् लक्ष्मीलाई पूजा गरे सरह हुने भएकाले विभिन्न क्षेत्रबाट बिहानैदेखि पूजाआजाका लागि सर्वसाधारण आएको केन्द्रका संरक्षक निरन्जननाथ योगीले बए ।

केन्द्रमा गोबद्र्धन पहाडको निर्माण गरिएको छ । सोही स्थानमा गाईको गहुँतलाई वाष्पीकरण गरी खानयोग्य बनाइएको गौअर्क लिन देशका विभिन्न स्थानबाट मानिस आउने गर्दछन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १० : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै