तिहारै आयो, लौ झिलिमिली ! [फोटो फिचर] « Khabarhub

तिहारै आयो, लौ झिलिमिली ! [फोटो फिचर]


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारमा झिलिमिली बत्तीले काठमाडौं उपत्यका रातिमा पनि उज्यालो देखिएको छ । फूल, रङ र उज्यालोको चाड मानिने दिपावलीमा बत्तीको झिलिमिलीसँगै खेलिने देउसी भैलीले जोकोहीलाई रोमाञ्चक बनाउँछ ।

आज तिहारको तेस्रो दिन घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिएको छ । घर–घरमा विभिन्न किसिमका बत्तीहरु बालिएका छन् । पूरै शहर हेर्दा राजधानी ‘कलरफूल’ देखिएको छ ।

घर उज्यालो भए लक्ष्मीको बास हुने विश्वाससहित तिहारमा मैनबत्ती, दियो लगायत विभिन्न रङका बिजुली बत्तीहरू बालिएका छन् । अर्कातिर यो पर्वसँगै नेपालीले पटका पड्काउने र बत्तीसँग रमाइलो पनि गरिरहेका छन् ।

पाँच दिनसम्म मनाइने तिहार झिलीमिली बत्तीकै कारण विशेष बन्छ । त्यसो त तिहारको पहिलो दिन काग तिहारका दिनदेखि नै काठमाडौं उपत्यका झिलिमिली बनेको थियो ।

तेस्रो दिनसम्म आइपुग्दा घर-घरमा बत्तीहरु बालिएका छन् ।हेरौँ काठमाडौंका विभिन्न स्थानबाट देखिएको तिहारको झिलिमिली तस्वीरमा:

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ७ : ४७ बजे

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ