चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या « Khabarhub

चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिल्ला अस्पताल बैतडीमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । प्रदेश सरकार मातहतको अस्पतालमा तीन जना स्थायी चिकित्सकको दरबन्दी रहे पनि अहिले एक जना मात्रै कार्यरत छन् ।

दुई जना छात्रवृत्ति करारका चिकित्सकहरुले सेवा दिइरहेका छन् । एक नवौँ तह र दुई जना आठौँ तहका चिकित्सकको दरबन्दी रहेको अस्पतालमा आठौँ तहका एक जना मात्रै कार्यरत छन् । आठौँ तहका चिकित्सक जगदीशचन्द्र बिष्टले अस्पताल प्रमुखको जिम्मेवारीसमेत सम्हालेका छन् । उनको पनि सङ्घमा समायोजन भएकाले पदस्थापन हुने बित्तिकै जानुपर्ने हुन्छ ।

सङ्घमा समायोजन भएकाले पदस्थापन हुने बित्तिकै जानुपर्ने चिकित्सक बिष्टले बताए । अहिले पनि छात्रवृत्ति करारका चिकित्सकबाट सेवा सञ्चालन भइरहेको छ । जिल्ला अस्पतालमा शल्यक्रिया गरेर महिलाको बच्चा जन्माउने जटिल प्रसूति सेवा पनि सञ्चालनमा छ । सो सेवा निरन्तरताका लागि स्त्रीरोग विशेषज्ञ हुनुपर्ने हुन्छ ।

डाक्टर बिष्टको सरुवा भएमा सो सेवा पनि बन्द हुने अस्पताल स्रोतले जनाएको छ । जिल्ला अस्पतालमा विभिन्न प्रकारका बिरामी आउने भए पनि जनशक्तिको अभावमा सेवा दिन गाह्रो भइरहेको छ । यस्तै केही महीनादेखि चिकित्सकविहीन बनेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि डाक्टर दरबन्दी पदपूर्ति भएको छैन ।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा शवपरीक्षण गर्नसमेत सकस हुने गरेको छ । यस्तै चिकित्सकको अभावमा एक्सरे, इसिजी लगायतका सेवाहरु पनि बन्द भएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ४६ बजे

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता