चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या « Khabarhub

चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिल्ला अस्पताल बैतडीमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । प्रदेश सरकार मातहतको अस्पतालमा तीन जना स्थायी चिकित्सकको दरबन्दी रहे पनि अहिले एक जना मात्रै कार्यरत छन् ।

दुई जना छात्रवृत्ति करारका चिकित्सकहरुले सेवा दिइरहेका छन् । एक नवौँ तह र दुई जना आठौँ तहका चिकित्सकको दरबन्दी रहेको अस्पतालमा आठौँ तहका एक जना मात्रै कार्यरत छन् । आठौँ तहका चिकित्सक जगदीशचन्द्र बिष्टले अस्पताल प्रमुखको जिम्मेवारीसमेत सम्हालेका छन् । उनको पनि सङ्घमा समायोजन भएकाले पदस्थापन हुने बित्तिकै जानुपर्ने हुन्छ ।

सङ्घमा समायोजन भएकाले पदस्थापन हुने बित्तिकै जानुपर्ने चिकित्सक बिष्टले बताए । अहिले पनि छात्रवृत्ति करारका चिकित्सकबाट सेवा सञ्चालन भइरहेको छ । जिल्ला अस्पतालमा शल्यक्रिया गरेर महिलाको बच्चा जन्माउने जटिल प्रसूति सेवा पनि सञ्चालनमा छ । सो सेवा निरन्तरताका लागि स्त्रीरोग विशेषज्ञ हुनुपर्ने हुन्छ ।

डाक्टर बिष्टको सरुवा भएमा सो सेवा पनि बन्द हुने अस्पताल स्रोतले जनाएको छ । जिल्ला अस्पतालमा विभिन्न प्रकारका बिरामी आउने भए पनि जनशक्तिको अभावमा सेवा दिन गाह्रो भइरहेको छ । यस्तै केही महीनादेखि चिकित्सकविहीन बनेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि डाक्टर दरबन्दी पदपूर्ति भएको छैन ।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा शवपरीक्षण गर्नसमेत सकस हुने गरेको छ । यस्तै चिकित्सकको अभावमा एक्सरे, इसिजी लगायतका सेवाहरु पनि बन्द भएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ४६ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै