पुलिसको फुटबल टिमलाई टेलिकमको प्रायोजन | Khabarhub Khabarhub

पुलिसको फुटबल टिमलाई टेलिकमको प्रायोजन


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पुलिस क्लबको पुरुष र महिला फुटबल टिमलाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले प्रायोजन गरेको छ ।

नेपाल प्रहरी खेलकुद समितिले बुधबार टेलिकमसँग मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरेको छ । टेलिकमले पुलिसको फुटबल टिमलाई ३२ लाखको प्रायोजन गरेको हो ।

प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरेका थिए ।

टेलिकमले पुलिस क्लबलाई १ वर्षको लागि प्रायोजन गरेको हो । सम्झौतासँगै टेलिकमले क्लबलाई ३२ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

यस्तै पुलिसले सहभागिता जनाउने फुटबल प्रतियोगितामा पुलिसले टेलिकम अंकित जर्सी प्रयोग गर्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ६ : २५ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ