नेपाली सेनाले विस्फोटक पदार्थ आफैं उत्पादन गर्ने « Khabarhub

नेपाली सेनाले विस्फोटक पदार्थ आफैं उत्पादन गर्ने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकलाई विस्फोटक पदार्थमा आत्मनिर्भर बनाउन नेपाली सेनाले थप विस्फोटक पदार्थ उत्पादन गर्ने भएको छ ।

त्यसका लागि मकवानपुरको सुनाचरीमा नयाँ कारखाना स्थापना गरिने छ । नयाँ कारखानाले राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माणमा पनि सहयोग गर्ने नेपाली सेनाको विश्वास छ ।

सुनाचरीमा स्थापित सो नयाँ कारखानाको उत्पादन क्षमता प्रतिवर्ष दुई हजार चार सय मेट्रिक टन रहेको सेनाले जनाएको छ । अहिले विस्फोटक पदार्थको वार्षिक माग करिब पाँच हजार मेट्रिक टन रहेको जनाइएको छ ।

नेपाली सेनाद्वारा बुधबार आयोजित ‘नेपाली सेनाको उद्योगहरूबाट उत्पादित विस्फोटक पदार्थको वितरण सहजीकरण’ विषयक अन्तर्क्रियामा नेपाली सेना, रक्षा उत्पादन (डिफेन्स प्रोडक्सन) विभागका महानिर्देशक अजितवरसिंह थापाले विस्फोटक पदार्थको माग वार्षिक पाँच हजार मेट्रिक टनभन्दा बढी भएको अवस्थामा सेनाले नयाँ प्लान्टको स्थापना गरी माग पूरा गर्ने बताए ।

नयाँ प्लान्टबाट उत्पादित विस्फोटक पदार्थ अन्तर्राष्ट्रिय स्तरको रहेको र यसले नेपालको जुनसुकै भूगोलमा समेत काम गर्न सक्ने उनले बताए ।

सो अन्तक्रियामा नेपाली सेनाका तर्फबाट सुनाचरी इमल्सन प्लान्टमा हालै मात्र आधुनिक मेसिन जडान गरी दुई हजार चार सय मेट्रिक टनको उत्पादन क्षमता, गुणस्तर र मागबमोजिम क्रमिक रूपमा आपूर्ति गर्दै जाने तथा सरल र व्यावहारिक स्वीकृति प्रक्रिया एवं एउटै कार्यालयबाट उत्पादित विस्फोटक पदार्थ सहज रूपमा प्राप्त हुनेसम्बन्धी प्रस्तुतीकरण गरिएको थियो ।

त्यसैगरी, सो अवसरमा विभिन्न परियोजनाहरूका सञ्चालक तथा सरोकारवालाहरूका तर्फबाट यथेष्ट रूपमा गुणस्तर, उत्पादन क्षमता, आपूर्तिको प्रतिबद्धता, मूल्य र समयमै विस्फोटक पदार्थको प्राप्ति सम्बन्धमा जिज्ञासा तथा राय सुझावहरू राखिएको थियो । यसअघि सेनाले काठमाडौँको स्वयम्भू बारुदखानाबाट विस्फोटक पदार्थको उत्पादन गर्दै आएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ७ : १० बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि