क्रोधकला शिरोमणिको पुस्तक लोकापर्ण | Khabarhub Khabarhub

क्रोधकला शिरोमणिको पुस्तक लोकापर्ण


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- मूर्तिकार तथा क्रोधकला शिरोमणि कालु कुमालेको बारेमा लेखिएको पुस्तक ‘क्रोधकला शिरोमणि कालु कुमाले ’ लोकापर्ण गरिएको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकको ’बुधबार वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् डा.सत्यमोहन जोशी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, सासंद कृष्णलाल महर्जन र ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति के के कमाचार्यले संयुक्त रुपमा लोकापर्ण गरेका हुन् ।

मूर्तिकार कालु कुमालेको ८६ औं जन्मोत्सवको अवसरमा पुस्तक सार्वजनिक गर्नुका साथै वृत्तचित्र तथा कलाकृति प्रदर्शनी समेत आयोजना गरिएको थियो ।

पुस्तक लोकापर्ण गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले कालु कुमालेको मूर्तिमा दर्शन लुकेको बताउँदै उनका मूर्ति अलगधारको भएको बताए । कुमालेका मूर्तिमा आफ्नोपन भएको बताउँदै कुमाले राष्टको गौरब भएको स्पष्ट पारे । उनले भौतिक पूर्वाधार निर्माणले मात्रै मुलुक समृद्ध नहुने बताउँदै समृद्धिका लागि कलाको संरक्षण र कलाकारको सम्मान गर्नुपर्ने धारणा उनले राखे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कालु कुमाले राष्ट्रको गौरव भएको बताउँदै उनको कलाले ललितपुरलाई विश्वमा चिनाउन सफल भएको बताए ।

नेपाली परम्परागत मूर्तिकलाको क्षेत्रमा विगत साढे ६ दशकदेखि निरन्तर साधनमा तल्लिन रहेका कुमालेको योगदान विशिष्ट भएको नगरप्रमुख महर्जनले बताए ।

कलाकारको सम्मानलाई महानगरले महत्व दिएको बताउँदै देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने हस्तीको सम्मानमा गरिने कार्यक्रमलाई महानगरले निरन्तरता दिने स्पष्ट पारे ।

नेपाल ललितपकला प्रज्ञाप्रतिष्ठानका कुलपति के के कमाचार्यले कुमालेले बनाएका मूर्तिहरु देशभित्र मात्रै नभएर विदेशमा समेत पुगेको बताए । यो नेपालको गौरवको विषय भएको स्पष्ट पारे ।

जनस्तरबाट प्राप्त क्रोधकला शिरोमणि उपाधिलाई नेपाल सरकारबाट नै मान्यता प्रदान गराउन प्रतिष्ठानले पहल गर्ने बताए । कुमाले जस्ता मूधन्र्य कलाकारको जीवनी प्रकाशन गर्ने लक्ष्य प्रतिष्ठानले जानकारी दिए ।

प्रतिष्ठानका हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले कला र संस्कृतिले भरिएको नगर ललितपुरले लाखौं कलाकार जन्माएको बताए । ती कलाकारले देशभित्र मात्रै नभएर विदेशमा समेत ख्याति कमाएको उनको भनाइ थियो ।

उक्त पुस्तकको सम्पादन मण्डलमा धर्मराज शाक्य, भरत ढकाल, देवेन्द्र थुम्केली, डिल्लीराम भट्टराई , राकेश अवाले,डा प्रमोद जायसवाल छन् । कुमालेका मूर्तिहरुमा क्रोधभाव व्यक्त भएका छन् । हिन्दु तथा बौद्ध धर्मका देवीदेवताका मूर्तिहरु विभिन्न रुप र स्वभावमा बनाइन्छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ८ : १६ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय