क्रोधकला शिरोमणिको पुस्तक लोकापर्ण « Khabarhub

क्रोधकला शिरोमणिको पुस्तक लोकापर्ण


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- मूर्तिकार तथा क्रोधकला शिरोमणि कालु कुमालेको बारेमा लेखिएको पुस्तक ‘क्रोधकला शिरोमणि कालु कुमाले ’ लोकापर्ण गरिएको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकको ’बुधबार वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् डा.सत्यमोहन जोशी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, सासंद कृष्णलाल महर्जन र ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति के के कमाचार्यले संयुक्त रुपमा लोकापर्ण गरेका हुन् ।

मूर्तिकार कालु कुमालेको ८६ औं जन्मोत्सवको अवसरमा पुस्तक सार्वजनिक गर्नुका साथै वृत्तचित्र तथा कलाकृति प्रदर्शनी समेत आयोजना गरिएको थियो ।

पुस्तक लोकापर्ण गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले कालु कुमालेको मूर्तिमा दर्शन लुकेको बताउँदै उनका मूर्ति अलगधारको भएको बताए । कुमालेका मूर्तिमा आफ्नोपन भएको बताउँदै कुमाले राष्टको गौरब भएको स्पष्ट पारे । उनले भौतिक पूर्वाधार निर्माणले मात्रै मुलुक समृद्ध नहुने बताउँदै समृद्धिका लागि कलाको संरक्षण र कलाकारको सम्मान गर्नुपर्ने धारणा उनले राखे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कालु कुमाले राष्ट्रको गौरव भएको बताउँदै उनको कलाले ललितपुरलाई विश्वमा चिनाउन सफल भएको बताए ।

नेपाली परम्परागत मूर्तिकलाको क्षेत्रमा विगत साढे ६ दशकदेखि निरन्तर साधनमा तल्लिन रहेका कुमालेको योगदान विशिष्ट भएको नगरप्रमुख महर्जनले बताए ।

कलाकारको सम्मानलाई महानगरले महत्व दिएको बताउँदै देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने हस्तीको सम्मानमा गरिने कार्यक्रमलाई महानगरले निरन्तरता दिने स्पष्ट पारे ।

नेपाल ललितपकला प्रज्ञाप्रतिष्ठानका कुलपति के के कमाचार्यले कुमालेले बनाएका मूर्तिहरु देशभित्र मात्रै नभएर विदेशमा समेत पुगेको बताए । यो नेपालको गौरवको विषय भएको स्पष्ट पारे ।

जनस्तरबाट प्राप्त क्रोधकला शिरोमणि उपाधिलाई नेपाल सरकारबाट नै मान्यता प्रदान गराउन प्रतिष्ठानले पहल गर्ने बताए । कुमाले जस्ता मूधन्र्य कलाकारको जीवनी प्रकाशन गर्ने लक्ष्य प्रतिष्ठानले जानकारी दिए ।

प्रतिष्ठानका हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले कला र संस्कृतिले भरिएको नगर ललितपुरले लाखौं कलाकार जन्माएको बताए । ती कलाकारले देशभित्र मात्रै नभएर विदेशमा समेत ख्याति कमाएको उनको भनाइ थियो ।

उक्त पुस्तकको सम्पादन मण्डलमा धर्मराज शाक्य, भरत ढकाल, देवेन्द्र थुम्केली, डिल्लीराम भट्टराई , राकेश अवाले,डा प्रमोद जायसवाल छन् । कुमालेका मूर्तिहरुमा क्रोधभाव व्यक्त भएका छन् । हिन्दु तथा बौद्ध धर्मका देवीदेवताका मूर्तिहरु विभिन्न रुप र स्वभावमा बनाइन्छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ८ : १६ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत