स्वाजिल्याण्डका राजाको अनौठो अभिलाषाः साथमा १५ श्रीमती हुँदाहुँदै किशोरीलाई नग्न नचाएर गर्छन् बिहे ! « Khabarhub

स्वाजिल्याण्डका राजाको अनौठो अभिलाषाः साथमा १५ श्रीमती हुँदाहुँदै किशोरीलाई नग्न नचाएर गर्छन् बिहे !


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा मानिसहरुले अनेक आकांक्षा राख्छन् । यस्ता शौखिन मानिहरु आफ्नो शक्ति र सामर्थ्यको भरपूर प्रयोग गर्दै इच्चा पूरा गर्नेतर्फ तल्लिन रहन्छन् ।

आलिशान जीवन बिताइरहेका एक राजाको पनि यस्तै अनौठो शोख छ । उनी हुन्– अफ्रिकी मुलुक स्वाजिल्याण्डका राजा मस्वाती तृतीय । १५ जना श्रीमतीका साथ बसेपनि उनी सत्ता र शक्तिको दम्भमा अझै कुमारी किशोरीहरुलाई नग्न नचाउँदै पत्नी बनाउने चाहना राख्छन् ।

३० अर्ब रुपैयाँ बराबरको सम्पत्तिका मालिक उनले आफ्ना पत्नीहरूलाई उपहार दिनका लागि झण्डै २ अर्ब रुपैयाँ बराबरका लग्जरी कार खरिद गरेका छन् ।

हालै राजाले आफ्ना १५ पत्नीहरूका लागि रोयल्स रोए तथा दर्जनौं बीएमडब्लु कारहरू खरिद गरेका थिए । हुन त ती राजाका १६ वटा पत्नी थिए । तीमध्ये १ जना पत्नीको मृत्यु भइसकेको छ ।

स्वाजिल्याण्डमा कैयन अनौठा परम्पराले अझै निरन्तरता पाइरहेको छ । त्यहाँका राजाले हरेक वर्ष कुमारी किशोरीहरूको नग्न नृत्य आयोजना गर्दछन् र त्यहीँबाटै आफ्ना लागि नयाँ पत्नी छान्दछन् । त्यस्तो नग्न नृत्यमा सहभागी हुनका लागि किशोरीहरूलाई उर्दी जारी गरिन्छ र नआउनेलाई कठोर सजाय समेत दिइन्छ ।

अघिल्लो वर्ष आफ्नो बर्थडेको अवसरमा राजाले आफ्नो देशकै नाम परिवर्तन गरेका थिए । यसअघि देशको नाम स्वाजिल्याण्ड रहेकोमा उनले परिवर्तन गरी इस्वातिनी बनाएका छन् । तर पनि मानिसहरू त्यो देशलाई स्वाजिल्याण्ड नै भनेर चिन्दछन् ।

स्वाजिल्याण्डका राजा अर्बपति धनाढ्य हुन् । उनीसँग आफ्नै निजी जहाज र निजी विमानस्थल पनि छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : ३६ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक