‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’ « Khabarhub

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको संख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बताएका छन् ।

जनकपुरधाममा बिहीबार आयोजित मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उनले पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिने बताए । कम संख्यामा भए पनि जिम्मेवार कार्यकर्ताको बलमा संगठन सुदृढ बनाइने उनको भनाइ थियो । “अब संख्या वा क्रियाशील सदस्यको भीड होइन, निष्ठावान् कार्यकर्ताको आवश्यकता छ,” सभापति थापाले भने, “पार्टीले सोहीअनुसार नीति बनाएर अगाडि बढ्छ ।”

उनले वैशाख १ गतेदेखि क्रियाशील सदस्यता अद्यावधिक सुरु गरिने जानकारी दिँदै त्यसपछि देशव्यापी रूपमा शुद्धीकरण अभियान अघि बढाइने उल्लेख गरेका छन् । समस्याका बेला पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा १ लाख प्रतिबद्ध सदस्य भए पनि संगठन थप चलायमान हुने उनले बताए ।

पार्टीलाई एकताबद्ध, अनुशासित र नीति–सिद्धान्तमा आधारित बनाउँदै देशभर नयाँ ऊर्जा सिर्जना गरिने उनको दाबी छ । “कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्नेछौं,” उनले भने ।

सभापति थापाले निर्वाचन परिणामको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै वर्तमान अवस्था कांग्रेसका लागि चुनौतीपूर्ण रहेको बताए। उनले १५ औं महाधिवेशन सफल बनाउने जिम्मेवारी आफूले लिने समेत स्पष्ट पारेका छन् ।

सहमहामन्त्री फरमुल्ला मन्सुरको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवले कार्यकर्तालाई निराश नहुन आग्रह गरेका थिए । कार्यक्रममा उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्री डिला संग्रौला, मुक्ता यादवलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ६ : ०५ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि