स्वाजिल्याण्डका राजाको अनौठो अभिलाषाः साथमा १५ श्रीमती हुँदाहुँदै किशोरीलाई नग्न नचाएर गर्छन् बिहे ! | Khabarhub Khabarhub

स्वाजिल्याण्डका राजाको अनौठो अभिलाषाः साथमा १५ श्रीमती हुँदाहुँदै किशोरीलाई नग्न नचाएर गर्छन् बिहे !


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा मानिसहरुले अनेक आकांक्षा राख्छन् । यस्ता शौखिन मानिहरु आफ्नो शक्ति र सामर्थ्यको भरपूर प्रयोग गर्दै इच्चा पूरा गर्नेतर्फ तल्लिन रहन्छन् ।

आलिशान जीवन बिताइरहेका एक राजाको पनि यस्तै अनौठो शोख छ । उनी हुन्– अफ्रिकी मुलुक स्वाजिल्याण्डका राजा मस्वाती तृतीय । १५ जना श्रीमतीका साथ बसेपनि उनी सत्ता र शक्तिको दम्भमा अझै कुमारी किशोरीहरुलाई नग्न नचाउँदै पत्नी बनाउने चाहना राख्छन् ।

३० अर्ब रुपैयाँ बराबरको सम्पत्तिका मालिक उनले आफ्ना पत्नीहरूलाई उपहार दिनका लागि झण्डै २ अर्ब रुपैयाँ बराबरका लग्जरी कार खरिद गरेका छन् ।

हालै राजाले आफ्ना १५ पत्नीहरूका लागि रोयल्स रोए तथा दर्जनौं बीएमडब्लु कारहरू खरिद गरेका थिए । हुन त ती राजाका १६ वटा पत्नी थिए । तीमध्ये १ जना पत्नीको मृत्यु भइसकेको छ ।

स्वाजिल्याण्डमा कैयन अनौठा परम्पराले अझै निरन्तरता पाइरहेको छ । त्यहाँका राजाले हरेक वर्ष कुमारी किशोरीहरूको नग्न नृत्य आयोजना गर्दछन् र त्यहीँबाटै आफ्ना लागि नयाँ पत्नी छान्दछन् । त्यस्तो नग्न नृत्यमा सहभागी हुनका लागि किशोरीहरूलाई उर्दी जारी गरिन्छ र नआउनेलाई कठोर सजाय समेत दिइन्छ ।

अघिल्लो वर्ष आफ्नो बर्थडेको अवसरमा राजाले आफ्नो देशकै नाम परिवर्तन गरेका थिए । यसअघि देशको नाम स्वाजिल्याण्ड रहेकोमा उनले परिवर्तन गरी इस्वातिनी बनाएका छन् । तर पनि मानिसहरू त्यो देशलाई स्वाजिल्याण्ड नै भनेर चिन्दछन् ।

स्वाजिल्याण्डका राजा अर्बपति धनाढ्य हुन् । उनीसँग आफ्नै निजी जहाज र निजी विमानस्थल पनि छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : ३६ बजे

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद